विराटनगर : विराटनगरमा १०३ केजी गाँजासहित कार प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार विराटनगर महानगरपालिका–१५ दुई नम्बर ढाँटबाट १०३ किलो गाँजासहित बीआर ३८ एडब्लू–३७७६ नम्बरको भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले भारततर्फ जाँदै गरेको उक्त कार रोकेर चेकजाँच गर्दा गाँजा बरामद भएको हो । प्रहरीकाअनुसार चालक फरार भएका छन् । उनको खोजी कार्य भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।














Discussion about this post