इटहरी : इटहरीमा बसको ठक्करबाट एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ ।
इटहरी १० स्थित खनार नजिकै शान्ति चौकमा बसको ठक्करबाट एक किशोरीको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय १३ वर्षीया सजना यादव रहेकी छन् । उनी इटहरीस्थित जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । विद्यालयबाट साइकलमा घर आउँदै गर्दा उनलाई बसले ठक्कर दिएको हो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको छ ।
झापाको काकडभिट्टातर्फ विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना गराएर भागेपछि आक्रोशित भएका स्थानीयले खनारको नहर नजिकै बस जलाएका छन् । आगजनीबाट बस पूर्ण रूपले जलेको छ । अहिले यस क्षेत्रमा अवस्था तनावग्रस्त बनेको छ ।














Discussion about this post