मोरङ : मोरङको बूढीगंगामा मोटरसाइकलको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ ।
कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ मा दुर्घटनामा परेर आरती स्ट्रिप्स नामक उद्योगका मजदुरको मृत्यु भएको हो ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४५ प ४७७४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका दीपक शर्मालाई सोमबार साँझ ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएका भारतको बिहान घर भइ मोरङको आरती स्ट्रिप्स नामक उद्योगमा कार्यरत ४५ वर्षीय शर्माको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post