इटहरी : सुनसरीको गढी गाउँपालिका वडा नं. ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
कांग्रेसका तेतर साहले ८१६ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारले ७९४ मत प्राप्त गरे ।
यस्तै, नेकपा एमालेका उम्मेदवार सन्तु उरांवले ७७० मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की कविता उराँवले ८४ मत प्राप्त गरिन् ।
यसअघि ०७९ सालको निर्वाचनमा नेकपा एमालेका सदानन्द उराँव वडाध्यक्षमा निर्वाचित भएका थिए ।
उनको निधन भएपछि गढी ६ मा आइतबार उपनिर्वाचन भएको हो ।














Discussion about this post