मोरङ : मोरङको बेलबारी नगरपालिका ४ मा सवारी दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ ।
मोरङको बेलबारी नगरपालिका ४ पूर्व पश्चिम लोकमार्गमा स्थितमा को १ ज ३३९९ नम्बरको म्याजिक भ्यानले पैदलयात्रीलाई ठक्कर दिंदा घाइते भएका पैदलयात्री बेलबारी ४ का ६५ वर्षीय लक्षुराम राईको उपचारको क्रममा मृत्यु भएको हो ।
भ्यान चालक मोरङ बेलबारी नगरपालिका ५ का ४२ वर्षीय सूर्यबहादुर माझीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।













Discussion about this post