तरहरा : नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको सभापतिमा उमेश राई निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा कुल ६४० मतमध्ये राईले २२० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।
निकटतम् प्रतिस्पर्धी विना भुजेल (पराजुली)ले २०५ मत प्राप्त गरिन् । यसैगरी भरत केसीले १८९ मत प्राप्त गरे ।
निर्वाचन अधिकृत श्याम पोखरेलका अनुसार उपसभापतिमा नीलम गिरी, सचिवमा होमनाथ खड्का तथा कोषाध्यक्षमा प्रकाश बस्नेत र उपसचिवमा सुमन रेग्मी निर्वाचित भए ।
यसैगरी उपकोषाध्यक्षमा दीपबहादुर पुरी निर्विरोध निर्वाचित भए ।
सदस्यहरूमा संगीता सुवेदी भट्टराई, निर्मला अधिकारी, सञ्जीवकुमार सिंह, प्रेम कार्की र ज्ञानमणि दाहाल निर्वाचित भए ।














Discussion about this post