इटहरी : इटहरीका पत्रकार पवन अधिकारीलाई पितृ शोक परेको छ ।
विज्ञापन बोर्ड सदस्य एवं इटहरीबाट संचालित प्रदेश खबरका अध्यक्षसमेत रहेका अधिकारीका पिता इन्द्रलाल अधिकारीको ८६ वर्षको उमेरमा बुधबार (आज) दिउँसो १ बजे इटहरी २ स्थित घरमै निधन भएको हो ।
लामो समयदेखि फोक्सो सम्बन्धी रोगबाट पीडित रहेका अधिकारीलाई केही दिन अघि मात्रै उपचारपछि घरमा ल्याइएको थियो ।
स्व.अधिकारीका एक श्रीमती, तीन छोरा र चार छोरी छन् । कीर्तिशेष भएका अधिकारीको बुधवार दिउँसो ४ बजे इटहरीस्थित बूढीगङ्गा जमुना मुक्तिघाटमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।














Discussion about this post