विराटनगर : नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटीले जनजीविकाको सवालमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापन पत्र बुझाएको छ।
प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले विभिन्न माग राखी ज्ञापन पत्र बुझाएकी हुन् । उनले प्रदेशले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभिन्न विषय समेटेर ज्ञापनपत्र बुझाएको बताइन् ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेशले सक्ने जति मागहरू पूरा गर्ने र अरू मागलाई विस्तारै पूरा गर्ने बताए ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यक्रम अन्तर्गत आज मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।
सो कार्यक्रममा पूर्व मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईसमेत सहभागी थिए ।
उनले अहिले सरकारको नीति कार्यक्रम र बजेट बनाउने बेला भएकाले आफ्नो पार्टीले राखेको माग सम्बोधन गर्न सजिलो हुने बताउँदै त्यसतर्फ ध्यानाकर्षण गराए ।














Discussion about this post