इटहरी : उदयपुरको त्रियुगा नदीले यात्रुवाहक बस बगाएको छ ।
जिल्लाको चौदण्डीगढी नगरपालिका– ५ स्थित सिवाई–बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीले बस बगाएको हो ।
प्रहरीका अनुसार सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नम्बरको बराहक्षेत्र नामक यात्रुबाहक बस त्रियुगामा नदीमा आएको बाढीमा बगेको हो ।
उक्त बस धरान–बेल्टार रूटमा चल्दै आएको छ भने नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै थिए । उनीहरू सकुशल रहेका छन् ।
घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।














Discussion about this post