विराटनगर : विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा बैठक बुधवारदेखि सुरु हुने भएको छ ।
सुरक्षा बैठकमा १४ जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहने मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
सुरक्षा बैठकको लागि मंगलबार गृहमन्त्री रमेश लेखक विराटनगर आइसकेका छन् ।
विराटनरस्थित होटल एसियाटिमा सुरु हुने सुरक्षा बैठकमा १४ वटा जिल्लाका सुरक्षा निकायका प्रमु्खहरुले जिल्लागत रुपमा सुरक्षा अवस्थाबारेमा ब्रिफिङ गर्ने र त्यसपछि गृहमन्त्रीले सुरक्षा बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
गोष्ठीमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुस्न्धान निर्देशकदेखि जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहने बताइएको छ ।













Discussion about this post