धनकुटा : धनकुटामा ८ सय ९० किलो गाँजासहित एक युवक पक्राउ परेका छन् ।
जिल्लाको साँगुरीगढी गाउँपालिका प्रहरी चौकी ओख्रेले बोलेरो पिकअपमा लोड गरिएको ८ सय ९० किलो गाँजा शनिबार (आज) बिहान बरामद गरिएको हो ।
पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–२, बूढी मोरङका १९ वर्षीय उल्लास लिम्बू रहेका छन् ।
बूढी मोरङबाट मोरङको केराबारीतर्फ गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्र १-०२-००२ च ५२३८ नम्बरको महिन्द्रा पिकअपका चालकले भने ड्युटीमा रहेका प्रहरी जवान सञ्जय कुमार थारूलाई धकेलेर जंगलतर्फ फरार भएको बताइएको छ ।
प्रहरीले घटनास्थलबाट को २९ प ९६३५ नम्बरको पल्सर मोटरसाइकल र ४ थान मोबाइल फोनसमेत बरामद गरेको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post