इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा घरेलु हिंसाको घटनामा श्रीमतीको ज्यान गएको छ। श्रीमान सोनिया मुसहरले मादक पदार्थ सेवनपछि आफ्नै श्रीमती ढलिसदा मुसहरलाई कुटपिट गरेका थिए।
गत असार ७ गते राति करिब ९ बजेतिर ३० वर्षीय सोनियाले २४ वर्षीया श्रीमती ढलिसदालाई कुटपिट गरेका थिए। मादक पदार्थ सेवन गरेका उनको कुटपिटबाट घाइते भएकी ढलिसदालाई उपचार नगराई घरमै राखिएको थियो।
असार ८ गते बिहान ९ः२५ बजे उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरीलाई सूचना प्राप्त भएपछि प्रहरी चौकी भरौलबाट खटिएको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले कुटपिट गरी कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा सोनियालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।













Discussion about this post