Thursday, October 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बराहक्षेत्रले ल्यायो १ अर्ब ६ लाखको बजेट : शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ९, २०८२
in समाचार
0
बराहक्षेत्रले ल्यायो १ अर्ब ६ लाखको बजेट : शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा
92
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८२।८३ का लागि १ अर्ब ६ लाख ९५ हजार ३ सय ७५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

सोमबार बसेको नगरपालिकाको १६औं नगर सभामा उपप्रमुख नन्दकुमारी सुनुवारले बजेट प्रस्तुत गरेकी हुन्।

बजेटसँगै सार्वजनिक नीति तथा कार्यक्रममा नगर प्रमुख रमेश कार्कीले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी गराए ।

“नगरको जिम्मेवारी, गुणस्तरीय स्वास्थ्य सेवा” भन्ने सन्देशसहित सार्वजनिक बजेटमा सबै नगरवासीलाई सर्वसुलभ, सहज र समान स्वास्थ्य सेवा सुनिश्चित गरिने उल्लेख छ।

चतरा र नगर अस्पतालमा आवश्यक भौतिक पूर्वाधार निर्माण, एम्बुलेन्स तथा शववाहन परिचालन र व्यवस्थापन, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन लगायतका योजनाहरू अघि सारिएको छ।

घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले प्रत्येक वडामा स्वास्थ्यकर्मीको व्यवस्थापन, दीर्घरोगी तथा जेष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण, पाँच वर्ष मुनिका बालबालिकाका लागि पोषण कार्यक्रम, निःशुल्क स्वास्थ्य बीमा, रगत आपूर्तिमा सहयोग लगायतका कार्यक्रम घोषणा गरिएको छ।

चतरा र मधुवन स्वास्थ्य केन्द्रको स्तरोन्नति गरिने, नगर अस्पताललाई ५० शैय्याको सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्न संघीय सरकारसँग समन्वय गरिने बताइएको छ।

शिक्षामा अनिवार्य र निःशुल्क शिक्षाको अवधारणालाई निरन्तरता दिँदै नगरले “छोरी र बुहारी, शिक्षा हाम्रो आधार” अभियान अघि सारेको छ।

शिक्षा क्षेत्रमा उपचारात्मक कक्षा, अभिभावक शिक्षा कार्यक्रम, विज्ञान तथा प्रविधिमा आधारित शिक्षाको विस्तार, संस्कारयुक्त गुणस्तरीय शिक्षालाई जोड दिइएको छ।

पढ्दै कमाउँदै कार्यक्रम, चतरा र भरौलका विद्यालयमा प्राविधिक धार खुलाउने, सप्तकोशी र वराह क्याम्पसमा स्नातकोत्तर तह सञ्चालनका लागि समन्वय, विद्यालयको आधारभूत पूर्वाधार सुधार, शिक्षक अभिमुखिकरण, नतिजामा आधारित प्रोत्साहन, अन्तर्क्रिया र अनुगमनजस्ता कार्यक्रम समावेश गरिएका छन्।

नीति तथा कार्यक्रममा कृषि उत्पादन, पूर्वाधार विकास र धार्मिक पर्यटन प्रवर्द्धनमा पनि विशेष जोड दिइएको छ।

“धरतीको पहिलो तीर्थ बराहक्षेत्र जाऔं” भन्ने सन्देशका साथ धार्मिक पर्यटन प्रवर्द्धन गर्ने, पूर्वाधार विकासका परियोजनालाई गति दिने तयारी रहेको मेयर कार्कीले बताए ।

उनका अनुसार स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको नगरपालिकाले शिक्षालाई समृद्धिको आधार बनाउने, कृषि र पर्यटनलाई आयको स्रोत बनाउने दृष्टिकोण राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

Tags: बजेटबजेट भाषणबराहक्षेत्ररमेश कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज
विविध

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

by रासस
अशोज २९, २०८३
0

भोजपुर : भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ...

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी
समाचार

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

by माधव पोख्रेल
अशोज २९, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा चिकित्सक नभेटिएपछि उपचारका लागि आएका चार दर्जनभन्दा बढी बिरामी उपचारबिनै घर फर्कन बाध्य...

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

यस्तो छ कोशी मन्त्रिपरिषद्का निर्णय

अशोज २९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३
धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    287 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.