Sunday, October 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जनता बहुमुखी क्याम्पस इटहरीले ग¥यो भारतका दुई विश्वविद्यालयसँग सम्झौता, ‘नेपाल–भारत शैक्षिक शिखर सम्मेलन’ गरिने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८२
in समाचार
0
जनता बहुमुखी क्याम्पस इटहरीले ग¥यो भारतका दुई विश्वविद्यालयसँग सम्झौता, ‘नेपाल–भारत शैक्षिक शिखर सम्मेलन’ गरिने
138
SHARES
Share on FacebookShare on Twitter

इटहरी : जनता बहुमुखी क्याम्पस इटहरीले भारतका दुई प्रतिष्ठित विश्वविद्यालयहरूसँग पाँच वर्षे शैक्षिक सम्झौता गरेको छ। असार २४ र २५ गते भारतका दुई विश्वविद्यालयसँग सम्झौता गरिएको हो ।

क्याम्पसले उक्त सहकार्यबारे सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो।

कार्यक्रममा प्रस्तुतकर्ता तथा सम्झौताको मध्यस्थकर्ता डा. वेणुप्रसाद सिटौलाले करिब एक वर्षअघि क्याम्पसको तर्फबाट भारतीय विश्वविद्यालयहरूसँग सम्झौता पहल गर्ने जिम्मेवारी पाएका थिए।

उनले सात प्रमुख विश्वविद्यालयमा प्रस्ताव पठाएपनि पाँच वटा विश्वविद्यालयले सहकार्य सहमति जनाएका थिए। तीमध्ये हरियाणाको बाबा मस्तनाथ विश्वविद्यालय र राजस्थानको श्री जे जे टी विश्वविद्यालयसँग औपचारिक सम्झौता भएको हो ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दा हरियाणास्थित बाबा मस्तनाथ विश्वविद्यालयका कुलपति डा. एच. एल. वर्मा, रजिष्ट्रार डा. विनोद कुमार, सहायक रजिष्ट्रार नवीन कपिल, डा. अरूप गिरी, डा. अभिषेक, डा. वीरेन्द्र सिंह, डा. बाबुरामसहित उपस्थित थिए ।

उक्त सम्झौताले विद्यार्थी र प्राध्यापक आदान–प्रदान, संयुक्त अनुसन्धान परियोजना, अन्तर्राष्ट्रिय सेमिनार तथा कार्यशाला, सांस्कृतिक तथा सामाजिक सहकार्य लगायत क्षेत्रलाई समेटेको छ ।

यसैगरी राजस्थानको झुँझुनु जिल्लामा रहेको श्री जे जे टी विश्वविद्यालयका कुलपति डा. देवेन्द्र सिंह ढुल, रजिष्ट्रार डा. अजित कस्वां, डा. अमन गुप्ता, सहायक रजिष्ट्रार श्री कपिल, डा. मधु गुप्ता, डा. इकरामलगायतको उपस्थिति थियो ।

उक्त सम्झौताले संयुक्त अनुसन्धान तथा प्रकाशन, युथ इनोभेसन समिट, पाठ्यक्रम सुधार, सांस्कृतिक तथा शैक्षिक सहकार्य, दीगो विकास कार्यक्रमहरूलाई प्राथमिकता दिनेछ।

सम्झौताका लागि जनता बहुमुखी क्याम्पसको तर्फबाट सञ्चालक समितिका अध्यक्ष विकास केसी, भर्ना संयोजक चन्द्र प्रसाद भट्टराई, सहायक क्याम्पस प्रमुख राजन भट्टराई, स्ववियु सभापति सहदेव काफ्ले, बीआइसीटी विभाग प्रमुख मन्दीप भट्टराई र डा. सिटौला सहभागी थिए।

सम्झौताको अवधि पाँच वर्षको रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

खासगरी ‘नेपाल–भारत शैक्षिक शिखर सम्मेलन’को तयारीसमेत गरिने सञ्चालक समिति अध्यक्ष केसीले बताए । कतिपय योजनाहरू रहेपनि विद्यार्थीको शुल्कले मात्रै धान्न गाह्रो छ, उनले भने, क्याम्पसले पहिलोपटक अन्तराष्ट्रियस्तरको सम्झौता गरेको छ।

यी सम्झौताहरूले जनता बहुमुखी क्याम्पसलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने उनले विश्वास व्यक्त गरे ।

‘शिक्षामार्फत सहकार्य, सहकार्यमार्फत समृद्धि’ भन्ने सन्देशका साथ गरिएको सम्झौताले नेपाल–भारत शैक्षिक सम्बन्धलाई बलियो बनाउने र क्याम्पसलाई अनुसन्धान तथा नवप्रवर्तनतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरिएको छ।

साथै, पत्रकार सम्मेलनमार्फत सञ्चालक समितिले दुई वर्षमा गरेका उपलब्धिसमेत सार्वजनिक गरिएको थियो।

यो पनि – जनता क्याम्पसमा विकास केसीको नेतृत्व : २३ महिनामा १२ उपलब्धि

Tags: #विकास केसीजनता बहुमुखी क्याम्पससम्झौता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
विविध

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

by रासस
कार्तिक १, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ...

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद
FEATURE BREAKING

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनमा लुकाएर राखिएको कटुवा पेस्तोल र एक राउन्ड गोली प्रहरीले बरामद गरेको...

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३
गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

अशोज ३१, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

अशोज ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

अशोज ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.