Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

जनता क्याम्पसमा विकास केसीको नेतृत्व : २३ महिनामा १२ उपलब्धि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १३, २०८२
in टाकुरा विशेष, समाचार
0
जनता क्याम्पसमा विकास केसीको नेतृत्व : २३ महिनामा १२ उपलब्धि
529
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका ५ मा रहेकाे जनता बहुमुखी क्याम्पसले पछिल्ला दुई वर्षमा उल्लेख्य रूपान्तरण गरेको छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्षको रूपमा विकास केसीको नेतृत्व आइसकेपछि २३ महिनाको अवधिमा क्याम्पसले भौतिक संरचना, शैक्षिक गुणस्तर र सेवामा उल्लेखनीय सुधार गर्दै विभिन्न योजनाबाट बजेट विनियोजनजस्ता उपलब्धि हासिल गरेको छ ।

केसीले अध्यक्षको जिम्मेवारी सम्हालेदेखि क्याम्पस सुधारका लागि तीन वर्षे योजना बनाए । सो योजनाअनुसार चार करोड ९६ लाख रुपैयाँ बराबरको बहुवर्षीय योजना स्वीकृत गराउन सफल भए ।

तीमध्ये चालु आर्थिक वर्ष २०८२/८३ का लागि एक करोड ४२ लाख रुपैयाँ छात्राबास निर्माणको लागि छुट्याइएको छ । यो बजेट संघीय सरकारले राष्ट्रिय योजना आयोगमार्फत विनियोजन गरेको हो ।

उनको नेतृत्वपछि विद्यार्थीलाई केन्द्रमा राख्दै सेवा विस्तार गरिएको छ ।

‘पहिले भाडामा बस सञ्चालन गरिन्थ्यो जसमा बर्सेनि एक करोड ४२ लाख रुपैयाँ खर्च हुन्थ्यो,’ ‘अहिले भने ६ वटा बस क्याम्पसकै स्वामित्वमा सञ्चालनमा छन्,’ उनले भने, ‘यी बसले १८ वटा रुट कभर गर्छन् । बस थप गरिएपछि चक्रघट्टी, तरहरा, झोडा, दुहबी, इनरुवा लगायतका स्थानका विद्यार्थीलाई प्रत्यक्ष लाभ दिएको छ ।’

उनी अध्यक्ष हुनुअघि क्याम्पसले निजी विद्यालयका बस भाडामा प्रयोग गर्दै आएको थियो । उनकै नेतृत्वमा पहल गरिएपछि इटहरी उपमहानगरपालिकाले एउटा बस उपलब्ध गराएको छ भने बाँकी पाँच वटा बस क्याम्पसको आन्तरिक कोषबाट खरिद गरी सेवा प्रदान भइरहेको उनले बताए ।

उनका अनुसार क्याम्पसअगाडि रहेको हिलोयुक्त बाटोलाई इटहरी उपमहानगरपालिकाको सहयोगमा ग्राभेल गरिएको छ ।

साथै, क्याम्पसले विभिन्न तहका निकायहरूसँग समन्वय गरी भौतिक पूर्वाधार विस्तारमा सशक्त कदम चालेको उनको दाबी छ ।

‘त्रिभुवन विश्वविद्यालयका धेरै कार्यक्रमहरू जनता क्याम्पसमै हुने गरेको छ,’ उनी भन्छन्, ‘क्याम्पसमा अध्यापन गरिरहेका प्राध्यापकहरूले एमफिल र पीएचडी अध्ययन गर्नुपर्दा अध्ययन बिदा दिने र आवश्यक परे विश्वविद्यालयको कार्यक्रममा स्रोत व्यक्तिका रूपमासमेत सहभागी गराउने नीति लिएको छ ।’

खासगरी आफू अध्यक्ष भइकन विभिन्न उपलब्धि गरेको उनले बताए । आफू अध्यक्ष भएपछि गरेका महत्वपूर्ण उपलब्धिबारे उनले सूची सार्वजनिक गरेका छन् ।

१. क्याम्पसअघिको हिलो बाटोमा उपमहानगरको सहयोगमा मिस गिटी हालेर ग्राभेल बनाइएको ।

२. क्याम्पसमा विद्यार्थीका लागि ६ वटा बस थप गरिएको । (चक्रघट्टी–विराटचोक तरहरा, शान्तिझोडा, दुहबी, इनरुवा इटहरीसहितका रुटमा बस चल्छन् ।)

३. क्याम्पसभित्र हिलाम्य अवस्थालाई ब्लक हालिएको ।

४. विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै फिल्टरको पानी व्यवस्था गरिएको ।

५. छात्राबासको लागि इटहरी उपमहानगरको सिफारिस र सहरी विकास मन्त्रालयको पहलमा राष्ट्रिय योजना आयोगबाट बहुवर्षीय योजना अन्तर्गत साढे चार करोडको बजेट पार्न सफल । हाल एक करोड ४२ लाखको काम सुरु गरिने ।

६. क्याम्पसको कम्पाउण्ड वालको लागि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत २५ लाख विनियोजन भएको ।

७. विश्वविद्यालय अनुदानबाट एक करोडको भवन बनाएर अध्यापन सुरु भइसकेको ।

८. अघिल्लो आर्थिक वर्षमा विश्वविद्यालय अनुदान आयोग (युजीसी)को नियमित अनुदानबाट २२ लाख रुपैयाँ विनियोजन भएको । जसमध्ये बिआइसिटीको कक्षा सञ्चालनका लागि पाँच वटा कक्षा तयार गरी अध्यापन सुरु भएको ।

९. आगामी आर्थिक वर्ष पनि विश्वविद्यालय अनुदान आयोगबाट १९ लाख रुपैयाँ विनियोजन भएको ।

१०. क्याम्पसको खेल मैदानको दक्षिणपट्टी रहेको ज्योति स्कुलको नाममा रहेको पोखरीलाई ज्योती स्कुलसँग सम्झौता गरी प्रदेश सरकारबाट चार लाख बजेट पुरिएर आवतजावत गर्न सहज बनाइएको ।

११. सामाजिक दायित्वअनुरुप एनएमबी बैँक इटहरीले तीन लाख रुपैयाँ बराबरको स्मार्ट बोर्ड प्रदान गरेको । जसमा स्मार्ट बोर्डमा शैक्षिक गतिविधि प्रष्ट हुन्छ । उक्त कार्यका लागि पहल गरिएको ।

१२. क्याम्पसदेखि पछाडिको भागलाई डे्रन निर्माण र पुर्नका लागि इटहरी ५ नं. वडा कार्यालयबाट बजेट विनियोजन भएको र काम सुरु गर्ने तयारीमा रहेको । साथै, ग्राउण्डको पूर्व पट्टी ड्रेन निर्माण गर्न बजेट विनियोजन गर्न पहल गरिएको ।

सामाजिक साझेदारी र प्रविधिको प्रयोग

क्याम्पसले सामाजिक उत्तरदायित्वअनुरूप निजी क्षेत्रसँगको साझेदारीमार्फत शैक्षिक गुणस्तरमा सुधार ल्याउन प्रयास गरेको अध्यक्ष केसी बताउँछन् ।

खासगरी कक्षा कोठामा सीसी क्यामेरा जडान गरी पठनपाठन निगरानी प्रणाली सुरु गरिएको उनको भनाइ छ ।

स्थायी प्राध्यापकहरूलाई अनिवार्य रूपमा बिहान ६ देखि १० बजेसम्म क्याम्पसमा उपस्थित हुने नियम लागू गरिएको र प्राध्यापकहरूको काम मूल्यांकन प्रणाली, विषय विभाग प्रमुखको व्यवस्थापन, पोसाक अनिवार्य र प्राध्यापकको तलब वृद्धिजस्ता सुधारात्मक कदम चालिएको उनले उदृत गरे ।

आफूले चुनावी मैदानमा होमिएको समयमै छात्राबास निर्माण गर्ने र उक्त क्याम्पसमा पहाडी जिल्लाबाट अधिकांश विद्यार्थीहरू अध्ययनका लागि आउने भएकाले छात्राबासको मुद्दा उठाएको स्मरण गरे । जसका लागि इटहरी उपमहानगरपालिकाले राष्ट्रिय योजना आयोगमा बजेट माग ग¥यो ।

‘क्याम्पसले नै इटहरी उपमहानगरपालिकामार्फत राष्ट्रिय योजना आयोगमा बजेट माग गरेको थियो । सहरी विकास मन्त्रालयमा पनि पटकपटक पुगेर पहल गर्यौँ,’ उनले भने, ‘इटहरी उपमहानगरले दोस्रो नम्बरमा योजना राखेर पाँच करोड माग गरेपनि बहुवर्षीय योजनाका लागि चार करोड ९६ लाख रुपैयाँ प्राप्त भएको छ ।’

आफूले उक्त माग राखेपछि उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले ‘राष्ट्रिय योजना आयोगमा पारिदिने जिम्मा मेरो भयो’ भनेर वचन दिएको उनले स्मरण गरे ।

‘चुनावको बेला मैले विद्यार्थीहरूलाई छात्राबास बनाउने भनेर वचन गरेकाले यो कामको लागि विशेष पहल गरेँ,’ उनले भने, ‘हामीले क्याम्पसको चौतर्फी गुणस्तर सुधारका निम्तिसमेत विशेष काम गरिरहेका छौँ ।’

आफूले काम गरेको उपलब्धिहरूको सूची लामो भएपनि, अध्यक्ष केसी अझै सन्तुष्ट नरहेको बताउँछन् ।

‘प्रत्येक महिना बैठक बस्ने, सुधारका योजना निर्माण गर्ने र प्राध्यापक–कर्मचारीसँग अन्तरक्रिया गरी आम मानिसले विश्वास गर्ने क्याम्पस बनाउने हाम्रो लक्ष्य हो,’ उनी भन्छन्, ‘क्याम्पसलाई सबै दृष्टिकोणबाट राम्रो बनाउने हुटहुटी छ, त्यही अनुसार काम गरिरहेका छौँ ।’

उनले बुद्धिजीवी एवम् शैक्षिक क्षेत्रमा आवद्ध व्यक्तिहरूसँग क्याम्पसको गुणस्तर सुधार गर्नका निम्ति सकारात्मक सुझावकोसमेत माग गरे ।

 

Tags: #इटहरी#विकास केसीजनता बहुमुखी क्याम्पसशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती
विविध

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

उदयपुर : उदयपुरको गाईघाटस्थित पञ्चावती भगवती मन्दिरमा दसैँको सप्तमीका अवसरमा शनिबार वैदिक विधिअनुसार फूलपाती भित्र्याइएको छ । जिल्ला प्रशासन कार्यालय,...

महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु
FEATURE BREAKING

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बडादसैं, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वले सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

कार्तिक १, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

कार्तिक १, २०८३
इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

कार्तिक १, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

कार्तिक १, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

कार्तिक १, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.