रामधुनी : सुनसरीको रामधुनी नगरपालिका–७ स्थित क्वाटर डाँडाको बाँसको झ्याङमा लुकाइएको अवस्थामा ठूलो परिमाणको गाँजा फेला परेको छ।
आज (बिहीबार) दिउँसो करिब १२ः३० बजेतिर विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट पञ्चायन र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार बाँसको बाक्लो झ्याङभित्र कालो प्लास्टिकले बेरिएको अवस्थामा १० पोका गाँजा फेला परेको थियो। बरामद गरिएको गाँजाको तौल तीन सय केजी रहेको छ।
उक्त गाँजा इलाका प्रहरी कार्यालय पकलीमा ल्याएको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।














Discussion about this post