इटहरी : सुनसरीको रामधुनीबाट इटहरी आउँदै गरेको मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
रामधुनी नगरपालिका–६ स्थित चतरा–कान्छी चोक सडक खण्डमा इटहरी आउँदै गरेको को १४ प ४५८ नम्बरको स्कुटरलाई बाटो क्रस गर्ने क्रममा इटहरीतर्फ नै आउँदै गरेको को ३७ प ३८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर स्कुटर चालक रामधुनी–५ का ५० वर्षीय गणेश राजधामीको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ का १९ वर्षीय संगम चौधरी घाइते भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post