इटहरी : आख्यानकार तीर्थ गुरुङको उपन्यास हिउँको गीतमाथि इटहरीमा विमर्श कार्यक्रमको आयोजना गरिएको छ ।
सगरमाथा साहित्य प्रतिष्ठान कोशी प्रदेश समितिद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा गुरुङको उपन्यासमाथि विमर्श कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा हिउँको गीत कृतिमाथि कवि मनु मञ्जिल, समीक्षक डा. अस्मिता विष्ट, कवि जेबी थुलुङले चर्चा गरेका थिए भने अमित थेबेले सहजीकरण गरेका थिए । हिउँको गीत उपन्यास २०८१ सालको मदन पुरस्कारका लागि श्रेष्ठ सूचीमासमेत परेको छ ।
प्रतिष्ठानकी अध्यक्ष मिश्रामाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोशी प्रदेश प्रमुख परशुराम खापुङ प्रमुख अतिथि थिए ।
कार्यक्रममा उपन्यासका लेखक गुरुङलाई दुबोको माला र सम्मानपत्रले सम्मानसमेत गरियो ।
अभिमन्यु अभिजितले सञ्चालन गरेको कार्यक्रममा सुविद गुरागाईं, जीपी तिवारी, चन्द्र गुरुङलगायतले बोलेका थिए ।














Discussion about this post