इटहरी : आजको डिजिटल युगमा सूचना तथा सञ्चार प्रविधिको ज्ञान विद्यार्थी र युवाहरूका लागि अनिवार्य बन्दै गएको छ।
यही आवश्यकतालाई दृष्टिगत गर्दै इटहरी ५ मा रहेको जनता बहुमुखी क्याम्पसले केही वर्षदेखि सूचना प्रविधि स्नातक तहको गुणस्तरीय कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यस कोर्समार्फत विद्यार्थीहरूले वेभसाइट निर्माण, कम्प्युटर नेटवर्किङ, सफ्टवेयर विकास र डेटाबेस व्यवस्थापनजस्ता व्यावहारिक सीपहरू सिक्ने मौका पाउँछन्।
क्याम्पसले स्मार्ट बोर्डमार्फत इन्टरएक्टिभ कक्षा सञ्चालन गर्ने, अनलाइन सामग्री उपलब्ध गराउने र नियमित आन्तरिक परीक्षा लिएर आधुनिक शिक्षण विधि अपनाएको छ।
क्याम्पसका विषय शिक्षक निरोज पौडेलका अनुसार विद्यार्थीहरूको ज्ञान स्तर र परीक्षात्मक तयारी दुवैमा उल्लेखनीय सुधार गरेको छ। ।
स्मार्ट बोर्डमार्फत इन्टरएक्टिभ कक्षा सञ्चालन, पठनपाठन सामाग्री अनलाइन उपलब्ध गराउने र नियमित आन्तरिक परीक्षा लिनेजस्ता अभ्यासहरू अपनाइएको उनले बताए।
शैक्षिक तथा सुपरीवेक्षण समितिका संयोजक शिवराज दाहालका अनुसार क्याम्पसले पाठ्यक्रमबाहिरका वर्कसप तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूलाई अझ जिज्ञासु, व्यावहारिक र सक्षम बनाउन विशेष पहल गर्दै आएको छ। यसले उनीहरूमा समस्या समाधान गर्ने क्षमता र आलोचनात्मक सोचको विकास गरेको उनले बताए।
सहायक क्याम्पस प्रमुख सञ्जीव यादवका अनुसार निजी क्याम्पसहरूले सूचना प्रविधि कार्यक्रमका लागि धेरै महँगो शुल्क लिने गरेको भए पनि जनता क्याम्पसले कम शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।
“हामीकहाँ पढाउने सबै प्राध्यापकहरू नेपालका प्रतिष्ठित विश्वविद्यालयबाट स्नातकोत्तर पास भएका अनुभवी र दक्ष छन् । जसले विद्यार्थीको भविष्य उज्यालो बनाउन पूर्ण समर्पणका साथ योगदान गरिरहेका छन्,” उनले भने।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले भने, “हामीले छात्रवृत्तिको व्यवस्था गरी सबै वर्गका विद्यार्थीलाई सूचना प्रविधि अध्ययनमा पहुँच विस्तार गरेका छौँ।”
क्याम्पसले अनुभवी शिक्षक र अत्याधुनिक शिक्षणमाध्यमको संयोजनमार्फत सूचना प्रविधि क्षेत्रमा दक्ष मानव स्रोत उत्पादन गर्दै युवाहरूलाई उज्ज्वल भविष्यको बाटो देखाएको केसीले बताए।














Discussion about this post