रामधुनी : ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले रामधुनी नगरपालिकाको कार्यलयको सभाहलमा रामधुनी नगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारीहरूका लागि खुसियाली जीवन तथा पुनर्ताजगी तालिम कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न पुरस्कारहरूबाट सम्मानित उत्प्रेरक वक्ता एवं वरिष्ठ प्रशिक्षक ब्रह्माकुमार राजु घलेले प्रशिक्षण गराएका थिए ।
कार्यक्रमको सभाध्यक्षको रूपमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीकी प्रमुख सञ्चालिका ब्रह्माकुमारी शारदा दिदी रहेकी थिइन् भने प्रमुख अतिथिका रूपमा रामधुनी नगरपालिका प्रमुख शंकरलाल चौधरी रहेका थिए । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, विराट चोककी प्रमुख संचालिका ब्रह्माकुमारी कविता दिदीले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख चौधरी, उपप्रमुख तारा थापा, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय जनप्रतिनिधीहरू एवं नगरपालिकामा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
जीवनमा खुसीजस्तो खुराक अरू केही छैन र खुसी नै जीवनको प्रमुख अंग भएको कारणले आफ्नो खुसी रहने संस्कारलाई हरपल साथमा राख्नुपर्छ भन्ने कुरालाई जोड दिइयो ।














Discussion about this post