Saturday, November 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

माओवादी कोशीद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८२
in समाचार
0
माओवादी कोशीद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
68
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : देशभर जेन–जी पुस्ताद्वारा शान्तिपूर्ण रूपमा आयोजित विरोध प्रदर्शनका क्रममा सरकारले गरेको दमनको माओवादी केन्द्र कोशीले निन्दा र भत्र्सना गरेको छ ।

आन्दोलनलाई दमन गरेर रोक्न नसकिने इतिहासमा पुष्टि भइसकेको भन्दै माओवादी केन्द्र कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले विज्ञप्ति जारी गर्दै सरकारले विवेक गुमाएको र जनताको भावना बुझ्न असफल भएको टिप्पणी गरेको छ ।

‘१७ जना युवाको हत्या भएको र २ सयभन्दा बढी घाइते भएको प्रारम्भिक रिपोर्टप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अमानवीय घटनाले हाम्रो पार्टीलाई स्तब्ध, दुःखी र आक्रोशित बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने जस्ता जायज माग राखेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका निहत्था युवातापूर्वक सम्बोधन गर्नुको सट्टा प्रहरीको गोलीबाट मुख थुन्ने प्रयास गर्नु सरकारको अमानवीय हर्कत हो ।’

विज्ञप्तिमा यो घटनामा ज्यान गुमाएका निर्दोष युवाको रगतको मूल्य सरकारले चुकाउनुपर्ने बताउँदै तत्काल शान्ति कायम गर्न र जनविरोधी दमनको आदेश दिने प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल राजीनामा दिन माग गरेको छ ।

साथै, निहत्था जनतालाई गोली हान्न अनुमति दिने गृहसचिव, काठमाडौंका प्रमुख जिल्ला अधिकारी र प्रहरी उच्च अधिकारीलाई छानबिन गरी कारबाही गर्न पनि माओवादीले माग गरेको छ ।

भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न र २०४६ सालयताका सम्पूर्ण सरकारी पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र र शक्तिशाली आयोग तत्काल गठन हुनुपर्ने आफ्नो पुरानो माग दोहार्याउँदै माओवादीले निहत्था जनताको हत्याको विषयमा निष्पक्ष छानबिनका लागि अन्तर्राष्ट्रिय निकायहरूलाई समेत आव्हान गरिएको छ ।

माओवादी केन्द्रले सरकारले जनताको विश्वास गुमाइसकेको र यसलाई शासन गर्ने कुनै नैतिक अधिकार नभएको पनि बताएको छ ।

Tags: जेन–जीमाओवादीमाओवादी केन्द्रराजीनामा माग
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा ट्याक्टरमुनि दुई घण्टा छटपटाए चालक, उद्धार नहुँदै गयो ज्यान
FEATURE BREAKING

मोरङमा ट्याक्टरमुनि दुई घण्टा छटपटाए चालक, उद्धार नहुँदै गयो ज्यान

by टाकुरा न्यूज । इटहरी
कार्तिक २१, २०८३
0

विराटनगर : ट्याक्टर दुर्घटनामा परेका एक चालक दुई घण्टाभन्दा बढी समय ट्याक्टर र गोलिया काठमुनि च्यापिएर छटपटाइरहे । प्रहरी र...

आजदेखि तिहार सुरु
धर्म/संस्कृति

कागको पूजा र यम दीपदानसँगै तिहार सुरु

by टाकुरा न्यूज । इटहरी
कार्तिक २१, २०८३
0

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइँदैछ...

देउसीभैलोले जोगाएको मादलको बजार

देउसीभैलोले जोगाएको मादलको बजार

कार्तिक २१, २०८३
सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

कार्तिक २०, २०८३
२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा

उदयपुरका तीन पालिकाद्वारा ९३ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

कार्तिक २०, २०८३
बेलकामा २ हजार ८२० किलोभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

बेलकामा २ हजार ८२० किलोभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

कार्तिक २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा ट्याक्टरमुनि दुई घण्टा छटपटाए चालक, उद्धार नहुँदै गयो ज्यान

मोरङमा ट्याक्टरमुनि दुई घण्टा छटपटाए चालक, उद्धार नहुँदै गयो ज्यान

कार्तिक २१, २०८३
आजदेखि तिहार सुरु

कागको पूजा र यम दीपदानसँगै तिहार सुरु

कार्तिक २१, २०८३
देउसीभैलोले जोगाएको मादलको बजार

देउसीभैलोले जोगाएको मादलको बजार

कार्तिक २१, २०८३
सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

कार्तिक २०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    514 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    380 shares
    Share 152 Tweet 95
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    292 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.