इटहरी : इटहरी उपमहानगरपालिका–१७ स्थित इलाका प्रहरी कार्यालय पकली पुनः सञ्चालनमा आएपछि स्थानीयवासीहरूले प्रहरीलाई भव्य स्वागत गरेका छन्।
जेन जी आन्दोलनका क्रममा भएको प्रदर्शनमा प्रहरी कार्यालयमा अराजक समूहले आगजनी गरेपछि कार्यालय विस्थापित हुनुपरेको थियो।
सेवाविहीन बनेको उक्त प्रहरी कार्यालय आइतवारबाट पुनः सञ्चालनमा आएपछि स्थानीय समुदाय हर्षित भएका छन्।
प्रहरीको पुनः आगमनलाई स्वागत गर्न स्थानीयवासीहरूले आफैं श्रमदान गरी कार्यालय रंगरोगन गरेका थिए।
कार्यालय परिसर सफा गर्ने, रंगरोगन गर्ने, स्वागतद्वार बनाउने कार्यहरूमा स्थानीय युवा, महिला तथा समाजसेवीहरू सक्रिय रूपमा सहभागी भएका थिए।
स्थानीयवासीहरूले प्रहरी कार्यालयको पुनः स्थापनाले सुरक्षाको प्रत्याभूति दिलाएको बताएका छन्।
स्थानीयवासीले आफ्नो क्षेत्रमा शान्ति, सुरक्षा र समन्वयका लागि प्रहरीसँग सहकार्य गर्ने बताएका छन्।














Discussion about this post