उदयपुर : उदयपुरमा खोलाले बगाएर ४० वर्षीय पुरुषको मृत्यु भएको छ।
उदयपुरगढी गाउँपालिका वडा नम्बर ६, धपरका तोपबहादुर सार्कीको नेपालटार बजारबाट घर फर्कँदै गर्दा बैजनाथ खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको हो।
उनको शव खोलाले करिब ५०० मिटर तलसम्म बगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post