विराटनगर : विराटनगर महानगरपालिका–९ धोवियारीकी २९ वर्षीया रागिनी साहमाथि देवरले तेजाब प्रहार गरेका छन् ।
घरायसी विवादका क्रममा २२ वर्षीय श्रवण साहले रागिनीको अनुहारमा तेजाब प्रहार गरेका हुन् ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार तेजाब प्रहारबाट रागिनीको अनुहारमा चोट लागेको छ । उनको न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
भाउजूलाई तेजाब प्रहार गरेर श्रवण फरार भएको उनले बताइन् ।
फरार आरोपी श्रवणको खोजी तीव्र पारिएको जानकारी डीएसपी चुँडालले दिइन् ।













Discussion about this post