विराटनगर : विराटनगरमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका–११ का ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेल रहेका छन् ।
मंगलबार राति ११ः४५ बजेतिर ३ तलामाथिको छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराट नर्सिङ होम पुर्याइएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post