इटहरी : झुम्का कारागारबाट फरार भएका युवक आफ्नै घरमा पक्राउ परेका छन्।
गोप्य सूचनाका आधारमा बिहीबार बिहान मादी नगरपालिका–३ जिमि गाउँमा खटिएको प्रहरी टोलीले लिम्बुलाई कोठामै सुतिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
प्रहरी सहायक निरीक्षक धाकबहादुर श्रेष्ठको कमाण्डमा खटिएको ४ जनाको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
२०८० भदौ २५ गते जिल्ला अदालत इनरुवाको आदेशअनुसार कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि झुम्का कारागार चलान गरिएका लिम्बु भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेर घरमा लुकी बसेका थिए ।














Discussion about this post