विराटनगर : भारतको जोगवनी बजार शुक्रवार (आज) दिउँसो साम्प्रदायिक तनाव फैलिएपछि नेपाल–भारत सीमा नाका तत्कालका लागि बन्द गरिएको छ।
परिस्थिति असामान्य बनेपछि रानी–जोगवनी नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
जोगवनी नेपालीहरूको प्रमुख किनमेल केन्द्र भएकाले दशैं–तिहार नजिकिँदै गर्दा दैनिक सयौं नेपाली किनमेलका लागि त्यहाँ जाने गरेका छन्।
तर बिहीबार बिहान ११ बजेदेखि सुरु भएको विवाद उग्र बनेपछि किनमेलमा गएकाहरू हतारहतार नेपाल फर्किएका थिए। नेपाली सुरक्षाकर्मीले पनि नागरिकलाई सीमा क्षेत्रमा रोक लगाएका छन्।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नाका बन्द गरिएको पुष्टि गर्दै भने, “जोगवनीमा तनाव भएपछि नेपालीलाई प्रवेशमा रोक लगाइएको छ। स्थिति सामान्य भएपछि मात्रै नाका खुला गरिनेछ।”
नेपाली सुरक्षाकर्मीका अनुसार हिन्दु समुदाय र मुस्लिम समुदायबीच साम्प्रदायिक तनाव उत्पन्न भएको हो।
्
स्थिति सामान्य भएपछि मात्र सीमा पुनः सञ्चालन हुने जनाइएको छ।














Discussion about this post