इटहरी : सुनसरीको झुम्का कारागारबाट भदौ २४ गते राति भागेका १ हजार ५७५ जना कैदीमध्ये ७६६ जना अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ।
जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको सहयोगमा कैदीहरू कारागारबाट फरार भएका थिए।
कारागार प्रशासनका अनुसार पहिलो चरणमा राति साढे १० बजेतिर ब्लक ‘बी’ बाट करिब ४५० कैदी भागेका थिए।
त्यतिबेला प्रहरी प्रशासन विस्थापित भइसकेको र सेनालाई खबर गरे पनि समयमै नपुग्दा थप कैदीहरू पनि कारागारबाट बाहिरिएका थिए।
पक्राउ प्रयासलाई बलियो बनाउन सेनाले केही कैदीलाई नियन्त्रणमा लिएर कारागार प्रशासनलाई बुझाएको थियो। हाल कारागारमा १ हजार १० जना मात्र कैदी रहेका छन्।
झुम्का कारागारका सूचना अधिकारी राम निरौलाका अनुसार अझै ७६६ कैदी फरार छन्। उनले फरार कैदीका आफन्तलाई सम्पर्क गरी कारागारमा बुझाइदिन आग्रह गरे।
प्रहरी प्रशासनलेसमेत फरार कैदीको खोजतलास अभियान जारी राखेको जनाएको छ।
सुनसरी प्रशासनले भने कारागारबाट फरार कैदीलाई असोज २० गतेसम्म फर्किन आग्रह गरेको छ।














Discussion about this post