इटहरी : सुनसरीको दुहबी नगरपालिका–१२ बुकडहरीस्थित भित्री सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन्।
असोज १६ गते साँझ ५ः३० बजेतिर को १२ प ६९ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका पैदलयात्री ६० वर्षीया मीरा भुजेल र सोही स्थानकी रेनुका भुजेलका छोरा २ वर्षीय मेजेश भुजेललाई ठक्कर दिएको थियो।
दुवैलाई गम्भीर अवस्थामा विराटनगरको नोबेल अस्पताल पठाइएकोमा उपचारको क्रममा असोज १९ गते आइतवार साँझ मीराको मृत्यु भएको प्रहरीले जनाएको छ।
बालकको अवस्था गम्भीर रहे पनि उपचार जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक मोरङ कटहरी गाउँपालिका–१ का २२ वर्षीय मुकेश मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।














Discussion about this post