इटहरी : कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढीपहिरो पीडितहरूका लागि राहत सामग्री पुर्याएको छ।
मंगलवार बिहान आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामग्री पुर्याइएको हो।
मुख्यमन्त्री हिम्मत कुमार कार्कीले राहत वितरण गर्ने र मृतक परिवारलाई सहयोग गर्ने कामलाई प्रभावकारी रूपमा अगाडि बढाइएको जानकारी दिए ।
स्थलमार्गबाट राहत पठाउन सकिने अवस्था नभएपछि तत्कालका लागि हेलिकोप्टरमार्फत पठाइएको उनले बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार दैनिक उपभोग्य खाद्य सामग्रीहरू चामल, दाल, आलु, तेल, नुन बेसार तथा ब्ल्याङ्केट, सिरानी, म्याट्रेस, त्रिपालहरू पठाइएको छ।
प्रदेश सरकारले असोज १७ र १८ गते भएको अविरल बर्षापछि आएको बाढी पहिरोका कारण विस्थापित भएकाहरुको उद्धारको कार्यपछि राहत सामग्री पठाएको मन्त्रालयका आचार्यले बताए ।
बाढीपहिरोका कारण इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो ।














Discussion about this post