विराटनगर : असोज १८ र १९ गते अविरल वर्षासँगै आएको बाढीपहिरो पीडित परिवारलाई कोशी प्रदेश सरकारले धमाधम राहत सामग्री पठाउन थालेको छ।
हेलिकप्टर र अन्य सवारी साधनमार्फत सरकारले तीन ट्रकभन्दा बढी सामग्री इलामको माइजोगमाई, माई, इलाम नगरपालिका र झापा गाउँपालिका लगायतका क्षेत्रमा पठाएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकारसँग भएका सबै सामग्रीहरु तीव्र गतिमा पठाइएको बताए।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारी संयन्त्रको बैठक राखेर राहत सामग्री पठाउने काम भइरहेको जानकारी दिए।
सरकारले मृतकका परिवारलाई रकम पठाउने र अत्यावश्यक सामग्रीहरू पठाउने कामलाई स्रोत साधनले भ्याएसम्म निरन्तर जारी राख्ने उनले बताए।
सरकारले राहत सामग्री पठाएसँगै भत्किएका सडक र अन्य संरचनाहरू बनाउनका लागि आवश्यक तयारी सुरु गरिएको मुख्यमन्त्री कार्कीले जानकारी दिए।














Discussion about this post