इटहरी : धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस बुधबार दिउँसो धनकुटाको निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा महालक्ष्मी ७ की गंगा कार्की र अर्का एक पुरुष रहेका छन् । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् ।
घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post