सुनसरी : रामधुनी नगरपालिका–६ मा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा दुई जनालाई नियन्त्रणमा लिएको छ ।
आइतवार इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले स्थानीय २५ वर्षीय सुमन कुमार चौधरीको घरमा खानतलासी गर्दा ब्राउनसुगर ५.७३ ग्राम फेला पारेको हो ।
उक्त लागूऔषधसहित चौधरी र उनीसँगै रहेका धरान उपमहानगरपालिका–८ का ३१ वर्षीय सुमन राईलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकलीमा राखेको छ ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post