मोरङ : मोरङमा सडक किनारबाट कछुवाको उद्धार गरी सुरक्षित वासस्थानमा छाडिएको छ ।
जिल्लाको उर्लाबारी नगरपालिका वडा नम्बर ३ मंगलबारेबाट उद्धार गरिएको कछुवालाई बुधबार सुरक्षित वासस्थानमा छाडिएको हो ।
संरक्षणकर्मी गोविन्द पोखरेलले सडक किनारमा फेला पारेको कछुवा सिमसार क्षेत्रमा छाडेको जानकारी दिए ।
सडकमा फेला परेको ’इन्डियन फ्ल्यापसेल टर्टल’लाई बेतिनी सिमसार क्षेत्रमा छाडिएको उनले बताए ।
यो कछुवालाई नेपालीमा पुतली कछुवा समेत भनेर भनिन्छ । नेपालमा १७ प्रजातिका १९ खालका कछुवाहरू अभिलेख गरिएका छन् ।
तीमध्ये ४ प्रजाति अति संकटापन्न र ७ संकटापन्न अवस्थामा रहेका छन् ।













Discussion about this post