सोलुखुम्बु : सोलुखुम्बुमा जीप दुर्घटना हुँदा तीन जना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
माप्य दुधकोशी गाउँपालिका–६, मा बा ०१–०३१ च ५९२५ नम्बरको बोलेरो जीप बिहीबार साँझ करिब ६ः३० बजे दुर्घटनामा परेको हो ।
माप्य दुधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको जीप करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका नायव उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।
मृतकहरूको पहिचान खुल्न बाँकी छ ।
घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये चालक महाकुलुङ–३ का ३२ वर्षीय श्रीध्वज राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
त्यस्तै, महाकुलुङ–४ की १६ वर्षीया गंगा राई र १८ वर्षीया बस्तिकला राईको टाउकोमा चोट लागेको र उनीहरूको अवस्था मध्यम रहेको छ ।
सोही ठाउँकी १६ वर्षीया सामया राईको टाउकोमा मध्यम चोट लागेको छ भने १६ वर्षीया सजना राईको दाहिने खुट्टामा सामान्य चोट लागेको छ। महाकुलुङ–२ का १० वर्षीय उमेश राईको निधारमा पिल्सिएको जनाइएको छ ।
दुर्घटनामा चालकसहित जम्मा ११ जना सवार थिए, जसमध्ये दुई जना यात्रु सकुशल रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post