इटहरी : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यालय प्रमुख, प्रहरी उपरीक्षक दीपक गिरीको प्रमुख आतिथ्यतामा सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
इटहरी उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाको सहकार्य, इटहरी २० तरहरामा स्वास्थ्य परीक्षण गरिएको हो ।
यात्रुवाहक सवारी साधनका चालकहरू (२९ जना)को उच्च रक्तचाप, ब्लड, सुगर र लागू पदार्थ (लापसे) सेवन परीक्षण गरिएको थियो ।
जसमा यात्रुवाहक सवारीका चालक ४ जना, सहचालक २ जना र स्कुटर चालक २ गरी ८ जनाले लागूपदार्थ (लापसे) सेवन गरेको पाइएको छ ।
उनीहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीबाट अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post