ओखलढुंगा : ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–२ नस्बु हिवाटोलमा दुधिलोको रूखमा चढेर घाँस काट्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५३ वर्षीय अमरबहादुर तामाङ रहेका छन् ।
रूखले विद्युतको तार छोएपछि करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post