Tuesday, October 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

रासस by रासस
पुस ६, २०८२
in भिजिट नेपाल, विविध, समाचार
0
धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण
62
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भएको छ ।

धार्मिक पर्यटन प्रवर्द्धन गरी धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने लक्ष्यसहित बौद्धस्तूप निर्माण गरिएको हो ।

सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २७ लाख बजेटमा स्तूप निर्माण गरिएको टेम्केमैयुङ-९ लेखर्कका वडाध्यक्ष नवराज माङ्पाहाङ्गले जानकारी दिए ।

काठमाडौँस्थित बौद्धनाथ स्तूपको शैली र आकारलाई आधार मानेर बौद्धस्तूप निर्माण गरिएको हो ।

खोलुखुम्बु क्षेत्रबाट दक्ष कालीगढ ल्याएर काम सम्पन्न गरिएको वडाध्यक्ष माङ्पाहाङ्गले बताए । यस क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रवर्द्धनका साथै बौद्ध धर्मावलम्बी समुदायलाई लक्षित गरी स्तूप निर्माण गरिएको उनको भनाइ छ ।

“धार्मिक तथा प्राकृतिक सम्भावना भएकाले पर्यटन प्रवर्द्धन गर्दै स्थानीयको आयस्तरमा सुधार गर्न सकिन्छ भन्ने उद्देश्यले राखी स्तूप निर्माण गरेका हौँ”, वडाध्यक्ष माङ्पाहाङ्गले भने, “पाँचधारे प्राकृतिक, धार्मिक र पर्यटकीय हिसाबले प्रचुर सम्भावना भएको क्षेत्र हो । स्तूप निर्माणले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने हामीले विश्वास लिएका छौँ ।”

पाँचधारेलाई समग्र धार्मिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित ‘पाँच धाम’ निर्माणको अवधारणा अघि सारेर काम भइरहेको वडाध्यक्ष माङ्पाहाङले जानकारी दिए ।

उनका अनुसार स्तूपसँगै यहाँ सिँढीसहित पदमार्गसमेत निर्माण गरिएको छ । चालु आर्थिक वर्षभित्र प्रदेश सरकारबाट प्राप्त रु तीन लाख बजेटमा अर्को सानो स्तूपसमेत निर्माण गर्ने योजना रहेको उनले बताए ।

निर्माण भएको स्तूप २६ फिट लम्बाइ, २६ फिट चौडाइ र २१ फिट उचाइको रहेको उपभोक्ता समितिका अध्यक्ष विनोदकुमार राईले जानकारी दिए ।

वडाको पहलमा निर्माण भइरहेका भौतिक संरचनाले पाँचधारे क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताइन् ।

गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर विकासका कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।

“टेम्केमैयुङ गाउँपालिका कृषि र पर्यटन दुवै दृष्टिले प्रशस्त सम्भावना रहेको क्षेत्र हो”, उपाध्यक्ष राईले भनिन्, “स्थानीयवासीको जीविकोपार्जनसँग कृषि र पर्यटनलाई जोड्ने हाम्रो लक्ष्य छ ।”

Tags: #भिजिट नेपाल#भोजपुर#राससबौद्धस्तूप
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता
समाचार

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

by माधव पोख्रेल
कार्तिक २, २०८३
0

उदयपुर :  जिल्ला प्रहरी कार्यालय उदयपुर र मातहतका प्रहरी कार्यालयमा २०८३ असोज महिनामा विभिन्न प्रकृतिका ४२ वटा मुद्दा दर्ता भएका...

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला
समाचार

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

by टाकुरा न्यूज । इटहरी
कार्तिक २, २०८३
0

सुनसरी : सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन् ।...

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३
दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    179 shares
    Share 72 Tweet 45
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    157 shares
    Share 63 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.