Tuesday, April 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सुत्केरी उद्धारमा सेनाको प्रेरक भूमिका, जीवन जोगाउने प्रमुख विकल्प हेलिकप्टर

रासस by रासस
पुस १५, २०८२
in विविध, समाचार
0
सुत्केरी उद्धारमा सेनाको प्रेरक भूमिका, जीवन जोगाउने प्रमुख विकल्प हेलिकप्टर
72
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : दुर्गम पहाडी तथा विकट भेगमा जहाँ सडक पहुँच छैन, एम्बुलेन्स सञ्चालन गर्न नसकिने र अस्पताल पुग्न दुई-तीन दिन लाग्ने अवस्था छ, त्यहाँ नेपाली सेनाको हेलिकप्टर आकस्मिक उद्धारको महत्वपूर्ण माध्यम बनेको छ ।

गर्भवती र सुत्केरी महिलाका लागि यस्तो उद्धार धेरै जिल्लामा जीवन जोगाउने प्रमुख विकल्प बनेको छ ।

गत असोज २१ गते भोजपुरको रामप्रसादराई गाउँपालिका–१ ओख्रेबाट ३९ वर्षीया सुत्केरी महिला निर्मला राई र उनका नवजात शिशुलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो ।

असोज महिनामा निरन्तर वर्षाका कारण बाटो भत्किएको र स्थलमार्गबाट अस्पताल लैजान नसकिने अवस्था थियो ।

सेनाको हेलिकप्टर उद्धारले जीवन र मृत्युबीचको संवेदनशील घडीमा राहत पुगेको र नेपाली सेनाको प्रेरक भुमिकाको एक उदाहरण बन्यो ।

निर्मलाका श्रीमान् अनुपकुमार राईले भने, “असोजको महिना, त्यही पनि पहाडको ठाउँ, पानी परेर बाटो सबै भत्किएको थियो बच्चा समयभन्दा केही छिटो जन्मिएकाले समयमा उपचार नपाए गाह्रो हुने डर थियो ।” सेनाको हेलिकप्टरमार्फत आमा र बच्चालाई धरान पुर्याएपछि विस्तारै स्वास्थ्यमा सुधार हुँदै गयो । त्यहाँ १३ दिनको उपचारपछि राई दम्पत्ती गाउँ फर्कियो । उनी भन्छन्, “सङ्कटको बेला सेनाको हेलिकप्टर, स्थानीय स्वास्थ्यकर्मी र स्थानीय प्रशासन हाम्रो लागि जीवनदायी सावित हुनुभयो । त्यो दिन उहाँहरू हाम्रो परिवारका लागि भगवान सरह हुनुभयो ।”

सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार दुर्गम तथा पहुँचविहीन क्षेत्रमा आकस्मिक अवस्थामा परेका गर्भवती र सुत्केरी महिला उद्धार सरकारको निर्णयअनुसार नियमित रूपमा हुँदै आएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिला उद्धारकार्य सञ्चालन हुँदै आएको छ ।

यसमा सेनाले सम्बन्धित मन्त्रालय, स्थानीय सरकार स्थानीय प्रशासन र स्वास्थ्य संस्थासँग समन्वय गरी आकस्मिक अवस्थामा परेका गर्भवती तथा सुत्केरी महिलालाई अस्पतालसम्म पुर्याउने काम गर्दै आएको छ ।

यसले मातृ तथा नवजात शिशुको ज्यान जोगाउन निर्णायक भूमिका खेलेको छ ।

भोजपुरको उद्धार कुनै एकल घटना होइन, यस्ता उद्धार नेपाली सेनाले देशका विभिन्न दुर्गम जिल्लामा नियमित रूपमा गर्दै आएको छ ।

सडक र विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच सीमित हुँदा सेनाको उद्धार नै अन्तिम विकल्प बन्ने गरेको छ । पछिल्ला वर्षमा सेनाको हेलिकप्टरमार्फत सयौँ गर्भवती र सुत्केरी महिलाको समयमै उद्धार भएको छ ।

स्वास्थ्य पूर्वाधार कमजोर रहेका दुर्गम भेगमा सेनाको यस्तो भूमिका केबल उद्धारमा मात्र सीमित छैन, यसले राज्यको उपस्थिति, भरोसा र मानवीय उत्तरदायित्व गाउँगाउँसम्म पुर्याएको छ ।

जनताको पहुँच अस्पतालभन्दा टाढा छ, त्यहाँ सेनाको हेलिकप्टर आज पनि जीवनको देवदूत बनेर उडिरहेको छ ।

सेनाको तथ्याङ्कअनुसार गत तीन आर्थिक वर्षमा देशका विभिन्न दुर्गम जिल्लाबाट हेलिकप्टरमार्फत ३१६ गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ । आर्थिक वर्ष २०८०-८१ मा १३९ जना, आव २०८१-८२ मा १३८ जना र चालु आवकोे मङ्सिरसम्ममा ३९ जना उद्धार भएका छन् ।

सैनिक प्रवक्ता बस्नेतका अनुसार सडक पहुँच नभएका दुर्गम पहाडी तथा हिमाली जिल्लामा यस्ता उद्धारले जीवन र मृत्युबीचको घडीमा मातृ तथा नवजात शिशुको ज्यान जोगाउन निर्णायक भूमिका खेलेको छ ।

दुर्गम भेगमा स्वास्थ्य पूर्वाधार कमजोर रहेकाले सेनाको हेलिकप्टरबाट उद्धार कार्यक्रमले राज्यको उपस्थिति, भरोसा र मानवीय उत्तरदायित्व भूमिका खेलेको छ ।

आकस्मिक अवस्थामा परेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै स्वास्थ्य सेवासम्म पुर्याउने उद्देश्यले सुर्खेतमा रहेको पश्चिम एयरवेसमा ‘स्ट्यान्डबाई’ हेलिकप्टर र स्काइ जहाज राखिएको छ, जसले सुदूरपश्चिमका जाजरकोट, हुम्ला, जुम्लालगायत जिल्लामा तत्काल उद्धार सहज बनाएको छ ।

सेनाको हेलिकप्टर उद्धार कार्यक्रमले मातृ तथा नवजात शिशुको ज्यान जोगाउने मात्र होइन, राज्यको उपस्थिति, भरोसा र मानवीय उत्तरदायित्व गाउँगाउँसम्म पुर्याएको प्रवक्ता बस्नेतले बताए ।

कोशी प्रदेशमा अन्य जिल्लाको तुलनामा खाँदबारी, सङ्खुवासभा र सोलुखुम्बु भौगोलिक विकटता तथा स्वास्थ्य सेवाको सीमित पहुँच रहेका जिल्लाबाट गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारको सङ्ख्या उच्च रहेको छ ।

नेपाली सेनाका अनुसार भौगोलिक रूपमा अत्यन्त विकट मानिने ओखलढुङ्गा जिल्लाबाट आव २०८०-८१ मा ३८, आव २०८१-८२ मा २१ तथा चालु आवको हालसम्म्म दुई गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ ।

सङ्खुवासभा जिल्लाबाट आव २०८०-८१ मा १२ जना, आव २०८१-८२ मा १४ जना तथा चालु आवको हालसम्म दुई जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको सेनाको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी सोलुखुम्बु जिल्लाबाट भने आव २०८०-८१ मा सात, आव २०८१-८२मा चार तथा चालु आवको हालसम्म तीन गर्भवती र सुत्केरी महिलाको सेनाको हवाईमार्फत उद्धार गरिएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालन हुँदै आएको सुत्केरी महिला हवाई उद्धार कार्यक्रम सङ्खुवासभामा नेपाली सेनाको भूमिका प्रभावकारी बन्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठले बताए ।

“जटिल अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उद्धार गरी आवश्यक उपचारका लागि उपयुक्त अस्पतालसम्म पुर्याउन सेनाले गर्दै आएको काम प्रशंसनीय छ,” उनले भने ।

उनका अनुसार गर्भवती, प्रसूति, सुत्केरी तथा नवजात शिशुको समयमै हवाई उद्धार गरिएकाले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था धेरै हदसम्म न्यूनीकरण भएको छ ।

समयमै उद्धार भएकै कारण मातृ तथा नवजात शिशुको ज्यान जोगाउन सकिएको उनले उल्लेख गरे।

स्वास्थ्य कार्यालयका अनुसार उद्धार गरिएका महिलामध्ये लामो समयसम्म प्रसव बेथा लाग्ने, बच्चा जन्माउन कठिनाइ हुने, गर्भमै शिशुको मृत्यु हुने, शरीर अत्यधिक सुन्निने, अत्यधिक रक्तस्राव तथा गम्भीर रक्तअल्पताजस्ता जटिल समस्या देखिएका छन् ।

यस्तो अवस्थामा स्थानीय स्वास्थ्य चौकी वा प्रमुख जिल्ला अधिकारीमार्फत ज्यान जोखिममा रहेको जानकारी प्राप्त भएपछि सम्बन्धित मन्त्रालयसँगको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिँदै आएको छ ।

भौगोलिक रूपमा दुर्गम रहेका सङ्खुवासभाका धेरै स्थानमा शल्यक्रियासहितको प्रसूति सेवा उपलब्ध नहुँदा गम्भीर अवस्थामा परेका गर्भवती तथा सुत्केरी महिलाको उपचार स्थानीय तहमा सम्भव नहुने अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

विशेषज्ञ चिकित्सक, आवश्यक पूर्वाधार तथा उपकरणको अभावका कारण ग्रामीण तथा पहाडी बस्तीका महिला अझै पनि उच्च जोखिममा पर्ने गरेको जनाइएको छ ।

सेनाले उपलब्ध गराएको तथ्याङ्कअनुसार कोशी प्रदेशमा हवाई उद्धारको दृष्टिले ओखलढुङ्गा, सङ्खुवासभा र सोलुखुम्बु जिल्लाबाट सबैभन्दा बढी गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ ।

दुर्गम भौगोलिक अवस्था, सडक सञ्जालको अभाव तथा प्रसूति सेवाको सीमितताका कारण यी जिल्लाबाट हवाई उद्धारको आवश्यकता बढी देखिएको सेनाले जनाएको छ ।

सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको सहकार्यमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै हवाई उद्धार गर्दै आएको छ । लामो प्रसव बेथा, बच्चा जन्मन कठिनाइ, गर्भमा शिशुको मृत्यु तथा सुत्केरीपश्चात् अत्यधिक रक्तस्रावजस्ता अवस्थामा यो सेवा प्रभावकारी सावित हुँदै गएको छ ।

दुर्गम भेगमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि सेनाको हवाई उद्धार कार्यक्रमले मातृ तथा नवजात शिशुको ज्यान जोगाउने मात्र होइन, राज्यको उपस्थितिलाई गाउँगाउँसम्म महसुस गराउँदै स्वास्थ्य सेवाप्रति भरोसा बढाउने काम भएको छ ।

सैनिक प्रवक्ता बस्नेतका अनुसार जहाँ आवश्यक पर्छ, त्यहाँ सम्बन्धित निकायसँग समन्वय गरी जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार नेपाली सेनाले गर्दै आएको छ ।

उद्धारको आवश्यकताअनुसार हवाई साधन परिचालन गरिने र हेलिकप्टरको क्षमता, मौसम तथा भौगोलिक उचाइ (अल्टिच्युड)लाई ध्यानमा राखी आवश्यक जनशक्ति खटाइने गरेको उनले बताए । उद्धार टोलीमा विशेषगरी मेडिकलसम्बन्धी ज्ञान तथा तालिम प्राप्त सैनिकलाई प्राथमिकताका साथ परिचालन गरिने व्यवस्था छ ।

दुर्गम भौगोलिक अवस्था, कमजोर पूर्वाधार र सीमित स्वास्थ्य सेवाबीच जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हवाई उद्धार कार्यक्रम आशाको भरपर्दो माध्यम बन्दै गएको छ ।

समयमै गरिने समन्वय, आवश्यक क्षमताको हवाई साधन र दक्ष जनशक्तिको परिचालनले आकस्मिक अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग पुगेको छ ।

यसले केबल जीवन रक्षा मात्र होइन, दुर्गम भेगका महिलालाई सुरक्षित मातृत्वप्रति भरोसा दिलाउँदै राज्य संवेदनशील र जिम्मेवार रहेको अनुभूति गराएको छ ।

जीवनका सबैभन्दा संवेदनशील घडीमा नेपाली सेनाको यस्तो सक्रियता मातृ तथा नवजात शिशु सुरक्षामा प्रेरक उदाहरणका रूपमा स्थापित हुँदै गएको छ ।

Tags: #उद्धार#रासससुत्केरी
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता
विविध

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८३
0

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका(२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलको क्यान्टिनका रूपमा सञ्चालित विराट किचनले खाद्य स्वच्छता स्तरमा सर्वोच्च श्रेणी...

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु
समाचार

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८३
0

उदयपुर : उदयपुको बेलका नगरपालिका–३ मा जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा...

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

उदयपुरमा आगलागी हुँदा दुईजनाको निधन 

बैशाख ८, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका लत्ता कपडा बरामद

बैशाख ८, २०८३
विराटनगरमा फुटपाथ अतिक्रमणविरुद्ध कडाइ, पार्किङ र ठेला व्यवस्थापनका लागि अध्ययन समिति

विराटनगरमा फुटपाथ अतिक्रमणविरुद्ध कडाइ, पार्किङ र ठेला व्यवस्थापनका लागि अध्ययन समिति

बैशाख ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

बैशाख ८, २०८३
नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

उदयपुरमा आगलागी हुँदा दुईजनाको निधन 

बैशाख ८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1331 shares
    Share 532 Tweet 333
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    690 shares
    Share 276 Tweet 173
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    375 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.