धनकुटा : धनकुटामा छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शहीदभूमि गाउँपालिका–७ फुर्केडाँडाको गैरीगाउँमा ४४ वर्षीया पूर्णिमा मगर मङ्गलबार राति गोरेटो बाटोबाट लडेर मृत अवस्थामा फेला परेकी हुन्।
उनी करिब १५ मिटर तल मुख्य सडकमा खसेको प्रहरीले जनाएको छ।
यस्तै, बुधवार बिहान महालक्ष्मी नगरपालिका–१ मा वर्ष अन्दाजी ४३ का टङ्कबहादुर राय बाटोमै मृत अवस्थामा फेला परेका थिए।
स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरीले दुवै शवको प्रारम्भिक अनुसन्धानपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाएको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको र पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।













Discussion about this post