Monday, August 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खोटाङमा पत्रकारिता पेसामाथि जथाभावी लेख्नेविरुद्ध कानुनी उपचार खोज्ने महासंघको निर्णय

रासस by रासस
पुस २३, २०८२
in विविध, समाचार
0
खोटाङमा पत्रकारिता पेसामाथि जथाभावी लेख्नेविरुद्ध कानुनी उपचार खोज्ने महासंघको निर्णय
60
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : नेपाल पत्रकार महासङ्घ खोटाङले पत्रकार तथा पत्रकारिता पेसामाथि सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्नेविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको छ ।

पत्रकार महासङ्घको मङ्गलबार दिक्तेलमा बसेको बैठकले सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरूले जिल्लामा क्रियाशील पत्रकार तथा पत्रकारिता पेसाको अपमान गर्दै आक्रमण गरेकाले उनीहरूलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको हो ।

पछिल्लो समय जिल्लामा क्रियाशील पत्रकार तथा पत्रकारिता पेसालाई कमजोर बनाउने उद्देश्यसहित सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रमण गर्ने प्रवृत्ति भएका व्यक्तिहरू बढेकाले त्यसलाई निरुत्साहित गर्न कानूनी कारबाहीको दायरामा ल्याउने निर्णय गरिएको पत्रकार महासङ्घका अध्यक्ष हरिबोल आचार्यले बताए ।

“संविधानले हरेक नागरिकलाई वाक स्वतन्त्रता (बोल्न पाउने अधिकार) दिएको छ । तर, मनपरी बोल्ने छुट कसैलाई दिएको छैन”, उनले भने, “पत्रकारिता पेसा मर्यादित पेसा हो । आफ्नो पेसाप्रति हामी पत्रकारहरू संवेदनशील भएर नागरिकको पक्षमा कमल चलाइरहेका छौँ । सत्य, तथ्य र प्रमाणको आधारमा समाचार सम्प्रेषण गर्दा हामी पत्रकारहरूमाथि आक्रमण हुनु निन्दनीय विषय हो । यसको कानुनी उपचार पत्रकार महासङ्घ खोज्छ । यसका लागि पत्रकार महासङ्घको पूर्ण बैठकबाटै निर्णय गरेका छौँ ।”

पत्रकार तथा पत्रकारिता पेसामाथि आक्रमण गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई प्रमाणको आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दा दर्ता गर्ने तयारी गरिएको पत्रकार महासङ्घका सचिव राजकुमार भट्टराई ‘सरगम’ले जानकारी दिए।

विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा दोषी ठहरिएको खण्डमा तीन वर्षसम्म कैद सजाय तथा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

पत्रकार महासङ्घको बैठकले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल बनाउन आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने/गराउनेसमेत निर्णय गरेको छ ।

पत्रकार महासङ्घको दिक्तेलस्थित कार्यालयमा बसेको बैठकमा पत्रकार महासङ्घ खोटाङका पूर्वअध्यक्षहरू डम्बरसिं राई र दमन राई, निवर्तमान अध्यक्ष दिलीप खत्री, जिल्लास्थित पेसागत सङ्घ/सङ्गठनका प्रमुख तथा प्रतिनिधि र विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता थियो ।

 

Tags: #खोटाङ#पत्रकार#राससनेपाल पत्रकार महासंघपत्रकार महासंघ
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !
FEATURE BREAKING

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

तीन दशक अघिसम्म काठमाडौं पुरै वन जंगलले घेरिएको थियो । थापाथली, कुपण्डोल, स्वयम्भु, वनस्थली, सितापाइला, गुजेश्वरी, सिनामंगल, गोठाटार, मुलपानी, जयबागेश्वरी,...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

झापा : झापाको कचनकवलमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु भएको छ। कचनकवल गाउँपालिका–१ स्थित चिया बगानमा...

भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका कपडा बरामद

साउन ३१, २०८३
भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

साउन ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

भदौ १, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

भदौ १, २०८३
भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.