इटहरी : कोशी प्रदेश सरकारको बिहीवार बसेको बैठकले विभिन्न तीनवटा निर्णय गरेको छ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७९ को दफा २६ बमोजिम मन्त्रिपरिषदको कार्यसम्पादनमा राय सुझाव, सल्लाह र मन्त्रिपरिषदलाई सहयोग गर्न विभिन्न समिति बनाइएको छ।
पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली संयोजक रहेको राजनीतिक तथा प्रशासन समिति, आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली संयोजक रहेको कानुन न्याय तथा प्रदेश मामिला समिति र पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवारको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति बनाइएको छ।
बैठकले प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ लाई संशोधन समेत गरेको छ। त्यसैगरी बैठकले कोशी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई तोकेको छ।














Discussion about this post