Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भारतीय मूर्तिको अनियन्त्रित प्रवेशले व्यवसाय संकटमा

रासस by रासस
माघ ५, २०८२
in समाचार
0
भारतीय मूर्तिको अनियन्त्रित प्रवेशले व्यवसाय संकटमा
59
SHARES
Share on FacebookShare on Twitter

झापा : झापाको भद्रपुर-६ मोतियावारीका विष्णु राजवंशी विगत तीन दशकदेखि माटोसँग खेल्दै देवी-देवताका आकृतिलाई जीवन्त बनाइरहेका छन्।

बुबाबाट विरासतमा पाएको मूर्तिकलाको सीपले कुनै समय मेचीदेखि महाकालीसम्म ख्याति कमाएको थियो।

तर, अहिले त्यही कला र पेशा विष्णुका लागि परिवार पाल्ने संघर्षको विषय बनेको छ।

आफ्नै उत्पादन ‘अभिषेक मूर्ति उद्योग’ मार्फत उनी हिन्दू धर्मका विभिन्न पर्व र आदिवासी संस्कृतिका मूर्तिहरू बनाउँछन्, तर बजारमा भारतीय मूर्तिको अनियन्त्रित प्रवेशले उनको व्यवसाय संकटमा परेको छ।

भारतीय बजारबाट अवैध रूपमा भित्रिने सस्ता र कमसल मूर्तिको बढ्दो चापले स्वदेशी कलाकारको श्रमको अवमूल्यन भएको राजवंशीको गुनासो छ। सीमापारिका व्यापारी गाउँ-गाउँमै पुगेर मूर्ति बेच्न थालेपछि स्थानीय ग्राहकहरू उतै आकर्षित हुने गरेका छन्।

“आफ्नो उत्पादन भारतीयभन्दा सस्तो हुँदाहुँदै पनि प्रचारको अभाव र अवैध आयातले स्वदेशी कलाकार भोकै मर्नुपर्ने अवस्था आएको छ,” उनी पीडा पोख्छन्। माटो र सिमेन्ट दुवै माध्यमबाट उत्कृष्ट मूर्ति बनाउन सक्ने उनीसँग सीप भए पनि राज्यको उपेक्षाले यो परम्परागत पेशा नै हराउने खतरा बढेको छ।

मूर्तिकलाका अतिरिक्त राजवंशी सामाजिक र राजनीतिक रूपमा पनि उत्तिकै सचेत छन्। भद्रपुरलाई भ्रष्टाचारमुक्त सहर बनाउने अभियानमा सक्रिय उनी सघन सहरी विकासका गुणस्तरहीन कामविरुद्ध निरन्तर आवाज उठाउँछन्।

पैसा र पहुँचको भरमा राज्य चल्दासम्म गणतन्त्रले सर्वहारा वर्गलाई छुन नसक्ने उनको ठम्याइ छ। युवापुस्ताले स्वदेशमै श्रमको महत्व बुझ्नुपर्नेमा जोड दिने राजवंशी आफ्नो सीप अरूलाई सिकाउन तयार भए पनि सिक्न चाहने कोही नहुँदा चिन्तित देखिन्छन्।

एकातिर बजारको अतिक्रमण र अर्कोतिर नयाँ पुस्ताको अनिच्छाले पुस्तौँदेखि चल्दै आएको यो कला अब इतिहासमा मात्र सीमित हुने डर बढेको छ।

स्वदेशी श्रम र सीपको संरक्षणका लागि ठोस सरकारी नीति नआए माटोसँग जोडिएको भद्रपुरको यो मौलिक पहिचान सदाका लागि मेटिन सक्ने राजवंशी बताउँछन्।

Tags: #राससमूर्ति
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

आजको राशिफल – भाद्र २१ गते आइतबार
धर्म/संस्कृति

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

by ज्यो. पं. सम्राट् गाैतम
भदौ २६, २०८३
0

२०८३ भदौ २६ गते शुक्रबार, सोही अनुसार ११ सेप्टेम्बर २०२६ । श्रीशाके १९४८, नेपाल संवत् ११४६ गुँलागा, दक्षिणायन, वर्षा ऋतु,...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

फिदिम | पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक पुरुषको हत्या गरी आत्महत्याको रूप दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३
विकास निर्माणमा हातेमालो श्रमदान

विकास निर्माणमा हातेमालो श्रमदान

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    337 shares
    Share 135 Tweet 84
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.