Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरका दिनेशकुमार मेहेतो भन्छन् – ‘भगवान् बेचेरै परिवार पालेँ, पाप हो या पूण्य थाहा छैन’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ९, २०८२
in समाचार
0
विराटनगरका दिनेशकुमार मेहेतो भन्छन् – ‘भगवान् बेचेरै परिवार पालेँ, पाप हो या पूण्य थाहा छैन’
62
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : चाउरी परेका गाला, निधारभरि उमेरका रेखा तर अनुहारमा कहिल्यै नओइलाउने मीठो मुस्कान । उमेरले आठ दशक नाघ्नै लागे पनि जोस र आत्मविश्वास भने अझै जवान छ ।

विराटनगर–बरगाछीस्थित जय माँ काली मूर्तिकला केन्द्रभित्र पस्ने जो–कोहीलाई पहिलो नजरमै लाग्छ–यो कुनै थाकेको वृद्धको संसार होइन, आफ्नै श्रम र विश्वासले बनाएको एउटा जीवित कलाको दुनियाँ हो । यही संसारका सर्जक हुनुहुन्छ, ८० वर्षीय दिनेशकुमार मेहेतो ।

हातमा माटो, आँखामा भगवान्को आकृति र मनमा निरन्तर सिर्जनाको ऊर्जा बोकेर बसेका मेहेतोको दिन आज पनि उस्तै व्यस्त छ । बिहानदेखि साँझसम्म मूर्तिकलामै डुबिरहने उहाँको जीवनशैली हेर्दा उमेरले कहिल्यै छोएन जस्तो लाग्छ ।

“उहाँको जोस देख्दा १६–१७ वर्षे युवासँग तुलना गर्न मन लाग्छ,” छिमेकीहरु उनलाई देखेर भन्छन्, “वर्षौंदेखि उही लगन र मिहेनत देख्छु, उहाँको काममा थाक्ने नामै छैन ।”

झन्डै साढे चार दशकअघि सुरु गरिएको मूर्तिकला व्यवसाय आज मेहेतोका लागि केवल जीविकोपार्जनको साधन मात्र होइन, जीवनकै अर्थ बनेको छ । परिवारको खुसी, आस्थाको सम्मान र आत्मसन्तुष्टिको संसार उनले यही कार्यशालाभित्र सजाएका छन् ।

माटोबाट देवता बनाउने यो यात्रामा उनले समय, स्वास्थ्य र उमेरको सीमा कहिल्यै मापन गर्नुभएन । असी वर्ष पुगिसक्दा पनि उहाँ आफ्नो पेसा र भविष्यप्रति ढुक्क देखिन्छन् ।

“जबसम्म श्वास छ, यही काम गर्छु,” मेहेतो आत्मविश्वासका साथ भने, “आफ्नो सुझबुझले भ्याएसम्म भगवान्को मूर्ति बनाएर बस्छु । अब जतिन्जेल बाँच्छु, यही पेसा चल्छ । बाँचुन्जेल यही मूर्ति बनाएर खान्छु ।”

उनको यो भनाइ केवल शब्द होइन, जीवनभरको अभ्यास र विश्वासको प्रतिफल हो । बरगाछीको यो सानो मूर्तिकला केन्द्र मेहेतोका लागि पसल मात्र होइन, यो उनको साधना, पहिचान र जीवन यात्राको साक्षी हो ।

उनको जोस देख्दा यस्तो लाग्छ, उहाँले संसार जितिसक्नुभएको छ । त्यही आफूले जितेको संसार आफ्नो दुनियाँमा सजाएर परिवारलाई खुसी बाँडिरहेका छन् ।

झन्डै साढे चार दशक अगाडि मूर्तिकला व्यवसाय शुरु गर्नुभएका मेहेतोलाई अझै पनि आफ्नो श्वास रहुन्जेल यही पेसालाई निरन्तरता दिएर गुजारा चलाइन्छ भन्ने लागेको छ ।

कर्म सबैले गर्छन्, कर्म गर्नेहरु त्यही कर्मलाई पूजा ठान्छन् तर दिनेशका लागि भने पूजा नै कर्म हो । बिहान उठेर नित्यकर्म सकेपछि उनको दैनिकी यही मन्दिर बनाउने कलाबाट सुरु हुन्छ र दिनको अन्त्य पनि ।

यही मूर्तिकला नै आफ्नो संसार भएको बताउँदै दिनेशले भने, “जेठो छोरो नै ४० कटिसक्यो, त्यसबेला देखिको सङ्घर्ष अहिलेसम्म पनि उस्तै नै छ । तर सङ्घर्षले थकान दियो तर पीडा भने कहिल्यै दिएन ।”

मेहेतोको १० जनाको परिवारको सबै आर्थिक भार थेग्दै आएको छ मूर्तिकला व्यवसायले । सुरुसुरुमा एक्लैको सीपले जेनतेन परिवार पाल्दै आएका मेहेतो छोराहरु हुर्किंदै गएपछि कहिल्यै पछाडि फर्केर हेर्नु नपरेको बताउँछन् ।

छोराहरु सानो हुँदै गर्दा उहाँको काममा श्रीमतीले पनि सहयोग गर्थे । पछि छोराहरुले सीप सिकेपछि उनीहरुले पनि बुबालाई साथ दिन थालेका छन् । यो पेसामा मात्र होइन, हरेक पेसामा दुःख, अप्ठ्यारो जस्ता साह्रोगाह्रो सबैलाई हुने कुरा भएकाले आफूहरुलाई त्यस्ता कुराले कहिल्यै हतास नभएको महतोले बताए ।

दिनेशका तीन छोरामध्ये जेठो राकेश पहिलेदेखि नै बाबुको सीपलाई सिकेर बाबुकै केन्द्रको काम सम्हाल्दै आउनुभएको छभने माइला छोरा नितेश सात वर्षपहिले गाडी तथा सिटी सफारी चलाउने काम गर्छन् । हाल उनी पनि बाबुकै व्यापारमा सहयोग गरिरहेका छन् भने कान्छो छोरा केन्द्रबाट नै आल्मोनियमको काम गर्दै आएका छन् ।

दिनेशका माहिला छोरा नितेश आफूले बुझ्ने भएदेखि बुबाहरु यति मूर्तिकलाको काम गर्दै आएकाले यो पेसाप्रति छुट्टै प्रकारको लगाव भएको बताउँछन् । बुबाको यो पेसाप्रतिको लगन र प्रेम देखेपछि आफूलाई अन्य पेसामा जान मन नलागेका कारण आफूले पनि यही सीप सिकेर काम सुरु गरेको उनले बताए ।

निकेशले भने, “बुढा हुनुभएको बाबु दिनरात मिहेनतका साथ काम गरिरहनुभएको छ, समयमै माग दिन नसकिरहेको अवस्थामा आफूले कसरी अन्यत्र काम गर्नु ? मनले मानेन त्यसैले बुबाकै ब्यवसायमा सहयोग गर्छु भनेर यतै सुरु गरे ।”

मूर्ति निर्माणका लागि आवश्यक पर्ने कच्चापदार्थको रुपमा माटो पराल सुत्ली (सनपाटको डोरी) काँटी, सजावटको कपडा, मुकुट कपालजस्ता विभिन्न प्रकारका नक्कली गहनाहरु भारतको सिलगुडीबाट ल्याउने गरेको नितेशले बताए ।

“पराल त यही ठेलाले ल्याइदिन्छ”, नितेशले भने, “मूर्तिमा लगाउने सम्पूर्ण शृङ्गारका सामग्री र रडहरु भने हामी सिलगुडीबाट ल्याउने गरेका छौँ ।”

वर्षौंदेखि एकै ठाउँमा एउटै व्यक्तिले व्यावसायिक रुपमा मूर्ति बनाउँदै आएकाले बजारको समस्या छैन । वर्षको एक लाख १० हजार भाडा तिरेर परिवार पाल्न कुनै समस्या नरहेको दिनेशले बताए ।

केही वर्षयता भने पहिलेको जस्तो मूर्तिको माग नआएको निकेशले बताए । उनले भने, “पहिलेजस्तो माग नभए पनि परिवारमा अन्य सदस्यहरुबाट पनि केही आयस्रोतका बाटोहरु भएकाले चिन्ता लिनुपर्ने अवस्था भने छैन ।”

कतिपय ग्राहकहरु मूर्ति बनाउन माग दिएर जान्छन् तर फर्केर आउँदैनन्, त्यस्तो अवस्थामा भने उनीहरुलाई निकै असहज हुने गर्दछ । “सुरुमै सम्पूर्ण भुक्तानी लिन सकेको खण्डमा सबै समयमै आएर आफ्नो मागअनुसार सामान लान्छन्, नितेशले भने, “थोरै अग्रिम भुक्तानी लिएर काम गर्दा सामान खरिद गर्नै अन्य पैसा थप्नुपरेको हुन्छ, त्यसमाथि सामान लिन नआइदिँदा हामीलाई सिधै घाटा हुने गर्दछ ।”

कोरोनाको समयपछि भने व्यवसाय पहिलेजस्तो नभएको उनले सुनाए ।उनले भने, “कोरोनाको समय सन्त्रासको कारण सार्वजनिक स्थलमा मानिसको चहलपहल नहुँदा भने गुजारा चलाउन केही कठिन भएको थियो ।”

वैशाखबाट सुरु गरे पनि माघसम्म मूर्तिकलाको काममा निकै व्यस्त समय हो । माघदेखि वैशाखसम्म फेरि व्यापार सुक्खा हुन्छ । यो छ महिना बेमौसममा पनि बाबुले व्यापार धान्ने गरेका छन् ।

कहिलेकाहीँ आफूले बनाएको मूर्ति बेच्दा खल्लो लाग्ने गरेको उनले बताए । “हामी देवीदेउताका मूर्ति बेचेर खाँदैछौँ, त्यो पाप नै होला नि ?” बाबुले यति भनिरहँदा छोरा नितेश भने भने आफूहरुलाई मूर्ति बनाएर बाँच्नु भनेर भगवान्ले आशीर्वाद स्वरुप कला दिएको बताउँछन् ।

केन्द्रमा भगवान्का मूर्तिहरू मात्रै आँखामा पर्दैनन्, कुनामा सजाएर राखिएका माटोका चुला, परम्परागत भाँडाकुँडा, स–साना सजावटी सामग्री र दैनिक प्रयोगमा आउने कलात्मक वस्तुहरूले पनि ध्यान तान्छन् ।

यी सामग्रीहरूले जय माँ काली मूर्तिकला केन्द्रलाई केवल मूर्तिको पसल होइन, माटोबाट बनेको एउटा जीवन्त संस्कृति सङ्ग्रहालय जस्तै बनाइदिएका छन् ।

यी अधिकांश कलात्मक सामग्री दिनेशकुमार मेहेतोकी श्रीमतीको हातको सीप हुन् । उहाँ फुर्सदका क्षणलाई खाली बस्न नदिई माटोसँग खेल्दै सिर्जनामा लगाउने गरेका छन् ।

“मूर्ति बनाउने काम उहाँको हो, अरू सामग्री म बनाउँछु,” दिनेशकी श्रीमतीले सहज रूपमा भनिन् । घरायसी जिम्मेवारी र पारिवारिक कामकाजबीच उहाँले समय निकालेर बनाएका माटोका सामग्री अहिले केन्द्रको अर्को पहिचान बन्दै गएका छन् ।

विशेषगरी माटोका चुलाहरू ग्राहकबीच निकै लोकप्रिय छन् । परम्परागत स्वाद र चुलोको न्यानोपन खोज्ने ग्राहकहरूले यी चुलालाई प्राथमिकताका साथ लैजाने गरेको मेहेतो दम्पती बताउँछन् ।

“आजभोलि पनि माटोको चुलो खोज्दै आउनेहरू धेरै हुन्छन्,” दिनेशले भने, “पहिले मूर्ति लिन आउने ग्राहकले ‘यस्ता अरू माटोका सामान पनि बनाउनुहुन्छ ?’ भनेर सोध्न थाले । ग्राहकको यही चासो र मागपछि केन्द्रमा मूर्तिबाहेक अन्य सामग्री राख्ने क्रम सुरु भएको हो ।

दैनिक जीवनमा प्रयोग हुने भाँडाकुँडा, धुपदानी, माटोका बत्ती, फूलदानी, खुत्रुक्के र चुलो बिक्रीका लागि राखिएका छन् । “ग्राहकको रुचि बुझेर नै सामग्री थप्दै गयौँ,” दिनेश बताउँछन्, “आवश्यकताले नै हाम्रो सिर्जनालाई फराकिलो बनायो ।”

यसले मेहेतो परिवारलाई अतिरिक्त आम्दानी मात्रै दिएको छैन, परम्परागत माटोको सीपलाई जोगाइराख्ने एउटा माध्यम पनि बनेको छ । दिनेश मूर्ति बनाउँदै गर्दा श्रीमती अर्को कुनामा माटोका सामग्रीलाई आकार दिइरहेकी देखिन्छिन् । त्यो दृश्य आफैँमा श्रम, सहकार्य र पारिवारिक आत्मनिर्भरताको कथा पनि हो ।

सानो ठाउँमा अटाएका यी माटोका सामग्रीहरूले केन्द्रलाई अझ जीवन्त बनाएका छन् । कतिपय ग्राहकहरू मूर्ति हेर्न छिर्छन् तर हातमा माटोको चुलो वा सजावटी सामग्री किनेर निस्किने गर्दछन् । यसरी जय माँ काली मूर्तिकला केन्द्रमा माटो केबल पूजा र आस्थासँग मात्र होइन, दैनिकी र जीवनशैलीसँग पनि जोडिएको छ ।

Tags: #विराटनगर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड
FEATURE BREAKING

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार राजनीतिक संकटको संघारमा पुगेको छ। नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य...

सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द
FEATURE BREAKING

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : लामो समयदेखि निष्क्रिय रहेका सुनसरी र मोरङका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। उद्योग, कृषि तथा...

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३
कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

असार ३२, २०८३
इलामको रिखुवा खोलामा ३० करोडको पुल

इलामको रिखुवा खोलामा ३० करोडको पुल

असार ३२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

असार ३२, २०८३
सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

असार ३२, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    659 shares
    Share 264 Tweet 165
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    462 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    406 shares
    Share 162 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.