Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

हाँसपोसा उपशाखाद्वारा जुनियर रेडक्रस कन्क्लेभ, तालिमदेखि ट्यालेन्ट हन्टसम्म

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १७, २०८२
in विविध, समाचार
0
हाँसपोसा उपशाखाद्वारा जुनियर रेडक्रस कन्क्लेभ, तालिमदेखि ट्यालेन्ट हन्टसम्म
77
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको आयोजनामा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ सम्पन्न भएको छ।

शुक्रवार र शनिवार गरी तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको प्राङ्गणमा आयोजित कन्क्लेभमा विविध शैक्षिक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गरिएका थिए।

कन्क्लेभको पहिलो दिन उद्घाटन कार्यक्रमसँगै पिस मार्च, रक्तदान, रक्त समूह परीक्षण, विद्यालयस्तरीय प्रदर्शनी, डेन्टल क्याप वितरण, रेडक्रस परिचय प्रशिक्षण तथा विपद् व्यवस्थापन तालिम आयोजना गरिएको थियो।

सोही दिन विद्यार्थीमा निहित प्रतिभा उजागर गर्ने उद्देश्यले ट्यालेन्ट हन्ट कार्यक्रम समेत गरिएको थियो।

ट्यालेन्ट हन्टतर्फ फुजिसान सगरमाथा बोर्डिङ स्कुलका सुमित विश्वकर्मा प्रथम, तेह्र बालबालिका विद्यालयकी रोशिका खड्का द्वितीय र तरहरा मोडेल एकेडेमीकी समारिका खड्का तृतीय भएका छन्।

विश्वकर्माले गीत, खड्काले नृत्य तथा समारिकाले मन्तव्य प्रस्तुत गरेकी थिइन्। पहिलो दिनको कार्यक्रमको अन्त्यमा बालगायक रिजन डाँगीले सांगीतिक प्रस्तुति दिँदै सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए।

उपशाखाका सभापति उमेश राईका अनुसार कन्क्लेभमा २५ वटा विद्यालयका ३२५ जना विद्यार्थी तथा शिक्षक सहभागी थिए।

दोस्रो दिन स्थानीय स्थल अवलोकन, डेन्टल स्वास्थ्य सचेतना, सञ्चार तथा नेतृत्व विकास, प्राथमिक उपचारका सिद्धान्त र जीवन सहयोग सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो।

पहिलोपटक आयोजना गरिएको कन्क्लेभमार्फत सहभागी बालबालिकालाई प्राथमिक उपचारका आधारभूत सिद्धान्त र जीवनरक्षा सीपसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको सभापति राईले जानकारी दिए।

कार्यक्रममा सुनील तिम्सिना, डा. मेघा केसी, सशस्त्र प्रहरी बल नेपालका प्रतिनिधि, उमेश सुवेदी, राम पाठक र उत्तम पौडेललगायतले आ–आफ्ना विषयमा प्रशिक्षण दिएको उपशाखाका सचिव होमनाथ खड्काले बताए।

उपशाखाका उपसचिव तथा कार्यक्रम संयोजक सुमन रेग्मीका अनुसार विद्यार्थीहरूको सिर्जनशीलता, नवप्रवर्तन, आपतकालीन तयारी, सुरक्षित व्यवहार तथा मानवीय सेवासम्बन्धी आधारभूत सीप विकास गर्ने लक्ष्यसहित कन्क्लेभ आयोजना गरिएको हो।

Tags: #रेडक्रसनेपाल रेडक्रस सोसाइटी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता
FEATURE BREAKING

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पार्ङ प्रधानमन्त्री

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

धरान । श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा बहुमतको सरकार गठन गर्ने लक्ष्यसहित आगामी निर्वाचनमा संगठन विस्तार र जनसमर्थन बढाउने योजना...

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद
FEATURE BREAKING

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएको सुर्तीजन्य पदार्थ बरामद गरेको छ।...

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पार्ङ प्रधानमन्त्री

भदौ २१, २०८३
सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

भदौ २१, २०८३
भोको मान्छे (कविता)

भोको मान्छे (कविता)

भदौ २१, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    309 shares
    Share 124 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.