इटहरी : प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सुनसरीका अधिकांश मतदानस्थल उच्च सुरक्षा निगरानीमा परेका छन्। जिल्लाका १६७ मतदान स्थलमध्ये ५९ लाई ‘अति संवेदनशील’ र ६६ लाई ‘संवेदनशील’ घोषणा गरिएको छ।
जिल्ला प्रहरी प्रमुख केशवकुमार थेबेका अनुसार दक्षिणी क्षेत्रका हरिनगरा, देवानगंज, बर्जू, गढी, दुहबी तथा उत्तरी क्षेत्रका भोक्राहा–नरसिंह र कोशी गाउँपालिकाका केन्द्र उच्च जोखिम सूचीमा परेका छन्।
प्रहरीले मतदानस्थललाई तीन तहमा वर्गीकरण गरी सुरक्षा रणनीति लागू गरेको जनाएको छ। निर्वाचन सुरक्षाका लागि एक हजार पाँच सय भन्दा बढी नेपाल प्रहरी र तीन हजार एक सय ४९ म्यादी प्रहरी परिचालन गरिने तयारी छ।
अति संवेदनशील तथा संवेदनशील क्षेत्रमा मोबाइल टोली, सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनासमेत तैनाथ गर्ने योजना बनाइएको प्रहरीले जनाएको छ।














Discussion about this post