इटहरी : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं. २ मा पर्ने इटहरी उपमहानगरपालिका २० स्थित जनसहयोग माध्यमिक विद्यालयमा मतदान केन्द्रको सम्पूर्ण तयारी पूरा भएको छ।
विद्यालयका कक्षाकोठाबाहिर मतदान केन्द्रका रूपमा व्यवस्थित गरिएको छ। मतपेटिका, मतपत्र, गोप्य मतदान कक्ष तथा आवश्यक सामग्री मिलाएर राखिएको छ।
मतदान केन्द्र बाहिर सुरक्षाकर्मी तैनाथ गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ।
निर्वाचन आचारसंहिताअनुसार शान्त, भयरहित र व्यवस्थित वातावरणमा मतदान सम्पन्न गराउने तयारी गरिएको छ।















Discussion about this post