उदयपुर : मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाट–बेल्टार सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
चौदण्डीगढी नगरपालिका–१० मा गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्र. ०१–०५–००२ प १८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको सखुवाको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक चौदण्डीगढी–५ सिवाईका १८ वर्षीय समीर चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
मोटरसाइकलको पछाडि सवार सोही स्थानका १८ वर्षीय मौसम चौधरी र २३ वर्षीय अशोक चौधरी गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।












Discussion about this post