इटहरी : तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्।
उनले ११,५६१ मत प्राप्त गर्दै विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले १०,६८२ मत प्राप्त गरे।
ढकाल यसअघि मोरङ क्षेत्र ३ बाट डा. सुनील शर्मासँग पराजित भएका थिए। उनी यसपटक भने तेह्रथुम गएका थिए।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेन्द्र कार्कीले ७,७३७ मत प्राप्त गरे।














Discussion about this post