इटहरी : कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये १७ वटा सिट प्रत्यक्षमा जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा पनि सबैभन्दा धेरै मत पाएको छ ।
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा हालसम्म रास्वपाले ८ लाख ३७ हजार मत पाएको छ ।
निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार रास्वपाले कोशी प्रदेशमा ८ लाख ३७ हजार २४३ मत प्राप्त गरेको छ ।
समानुपातिकतर्फ नेपाली कांग्रेसले २ लाख ७८ हजार ७०७ मत प्राप्त गर्दै आफूलाई दोस्रो स्थानमा उभ्याएको छ । नेकपा एमाले २ लाख ७७ हजार ३०१ मतसहित तेस्रो स्थानमा रहेको छ ।
कोशी प्रदेशमा श्रम संस्कृति पार्टीले २ लाख ७४ हजार ७२४ मत प्राप्त गरी चौथो स्थान हासिल गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टीले ९३ हजार ३९ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले ६१ हजार ९०० मत मात्र प्राप्त गरेको छ ।














Discussion about this post